साउन महिनाको दोश्रो सोमबार,शिबधाममा श्रद्धालुको भिड
बिनोद परियार,बुटवल ,साउन ८-साउन महिनाको दोश्रो सोमबार आज पनि यसक्षेत्रका शिबधामहरुमा जर्लापणका लागि श्रद्धालुहरुको निकै भिड रह्यो ।भगवान शिबको पबित्र महिना मानिने साउन महिनालाई हिन्दु नारीहरुले विशेष रुपमा मनाउछन् । आज बिहानैदेखि शिवधाममा दर्शनार्थी महिलाको जर्लापणका लाईन लागेका थियो ।
यसक्षेत्रका शिबधाम मध्ये मुर्गियाको पर्राेहा परमेश्वर शिब ज्र्याेतिलिङ्ग बोलबम धाम तथा बुटवल १४ नयाँगाउ स्थित मुक्तिनाथ धाममा श्राबणी मेला पनि जारी छ । बुटवल १४ को मुक्तिनाथधाममा अञ्चल प्रहरी प्रमुख बरिष्ठ प्रहरी निरिक्षक बम बहादुर भण्डारी तथा २२ नं बाहिनी रुपन्देहीका सहायक रथि अरुण घले संयुक्त रुपमा शिब ज्र्याेतिलिङ्गमा जर्लापण गर्नुभएको छ । उहाहरुले मन्दिरमा पूजा अर्चना पनि गर्नुभएको थियो । धाममा साउन महिना भरी शिबपुराण,अखण्ड जर्लापण भजन कृतन गरिने धामका प्रमुख संरक्षक स्वामि लोकानन्दले बताउनुभयो । बुटवल क्षेत्रमा रहेका सिद्धबाबा,निलकण्ठ बाबाधाम,बेलबासको शिब मन्दिर,लगायतका शक्ति पिठमा बिशेष पूजा अर्चना भैरहेको छ । साउन महिनामा भगवान शिबलाई बेलपत्र,नरिवल सहित जर्लापण गरेमा बर्षभरीका पाप नष्ट हुने र पुण्य प्राप्त हुने जनबिश्बास छ । विशेषत: हिन्दू महिलाहरुले हरियो चुरा तथा मेहन्दी लगाएर साउनलाई पर्वकै रुपमा मनाउँछन् । यस बर्ष साउन महिनामा पाँचवटा सोमबार परेको छ ।