|

तमु समाज युएई क्षेत्रिय् समिति आबुधाबीको आयोजनामा भलिबल प्रतियोगिता हुने

दुबई गीता मणि  २०\०७\२०१२ मा तमु समाज अबुधाबी क्षेत्रीय समितीको बैठक मुसफा ग्रीन्लैन्ड ट्रावेलमा बसेको थियो। उक्त बैठक  तमु समाज युएई क्षेत्रिय् समिति आबुधाबीका अध्यक्ष श्री श्याम तमु ज्युको सभापतित्वमा सम्पन्न गरियो भने प्रमुख अतिथी तमु समाज यू ए इ का सल्लाहकर श्री राजु तमु ज्युको प्रमुख अतिथ्यमा सम्पन्न गरियो । तमु समाज अबुधाबीले आगामी अक्टोबर ५ मा आइ क्याड मुस्साफहमा भलीबल प्रतियोगित राख्ने र अक्टोबर १२ मा केरला सोसिअल सेन्टर अबुधाबी मा बिबिध सास्कृतिक कार्यक्रमका साथमा नेपालीहरुकै महान चाड बडा दशै २०६९ धुमधामका साथमा मनाउने हिजोको बैठकमा सार्वजनिक गरियो ।

सोही अवसरमा प्रमुख अतिथी र सभापति ज्युबाट अबुधाबी तमु समाज दशै तिहार भाग्यशाली चिठ्ठाको पनि बिमोचन गरियो र चिठ्ठाको रकम जम्मा १० दिराम राखिएको छ । भलिबल प्रतियोगितामा टिम दर्ता शुल्क १५१ दिराम राख्ने निर्णय गरियो । सेप्टेम्बर २७ सम्ममा टिम दर्ता गराइसक्नु पर्ने र सेप्टेम्बर २८ मा ग्रीनल्यान्ड ट्रवेल मुस्सफाहमा टाइसीट तयार पार्ने सम्पूर्णलाई सार्वजनिक गराइयो । टिम दर्ता गर्नको लागि कृपया प्रमोद गुरुङ (०५५८१६२५४), श्याम गुरुङ (०५५४२३८०४८), गुन्जमान गुरुङ (०५५७०७२०९९), अमृत गुरुङ (०५५५९४८५०९), नन्दजङ गुरुङ (०५०८९५०२६७), कुशल गुरुङ (०५५९८११७५३) र ग्रीनल्यान्ड ट्रवेल मुस्सफाह(०२-५५७५४७१) मा सम्पर्क गरी दर्ता गर्न सक्नु हुनेछ ।

तमु समाज अबुधाबीको पहिलो सेती नदी बाढी पीडितलाई राहत सन्कलन कार्यक्रम पछीको यो दोश्रो नेपालीहरुकै महान चाड दशै को अवसर पारेर मनाउन गैरहेको दशै बिशेष खेलकुद तथा बिबिध सास्कृतिक कार्यक्रममा पनि सम्पूर्ण यु ए इ मा कार्यरत नेपाली दाजु भाई तथा दिदी बहिनीहरुले कार्यक्रम सफल पार्नमा ठुलो सहयोग र योगदान गर्नुहुन्छ भनी तमु समाज अबुधाबी क्षेत्रीय समिती सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीहरुमा ठुलो आशा राखेको छ । उक्त बैठक तमु समाज अबुधाबी छेत्रीय समितिका सचिब पवित्र तमुश्योले सन्चालन गरिएको थियो र श्याम तमु ले कार्यक्रम समापन गरेका थिए ।


Posted by Butwalonline on 5:24 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

1 comments for "तमु समाज युएई क्षेत्रिय् समिति आबुधाबीको आयोजनामा भलिबल प्रतियोगिता हुने"

  1. कार्यक्रम सफल बनाउन युएइका सम्पूर्ण तमु तमुस्यो ज्यूहरुलाई आजै देखि लागि पर्न हार्दिक अनुरोध गर्दछौ l

    साथै पत्रकार मित्रलाई यो जानकारी गरैंछा कि यो तमु समाज आबु धाबी नभएर तमु समाज युएई क्षेत्रिय् समिति आबुधाबी हुनु पर्ने हो l

Leave a reply