|

एक खर्व ६१ अर्व ६२ करोड रुपैयाको तृतीयांश बजेट सार्वजनिक


काठमाडौ, असार ३१- अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०६९/०७० को चार महिनाका लागि एक तृतीयांश बजेट आज सार्वजनिक गरेका छन‌। सिंहदरवार स्थित राष्ट्रिय योजना आयोगको सभाकक्षमा आयोजित कार्यक्रममा मन्त्री पुनले सो बजेट सार्वजनिक गरेका हुन्। चार महिनाको लागि मात्र जारी गरिएको सो बजेट एक खर्व ६१ अर्व ६२ करोड रुपैयाको छ।

सरकार पूर्ण बजेट ल्याउने सोचका साथ अघि बढेको भएपनि राजनीतिक सहमति र संवादको लागि प्रस्थानविन्दुको रुपमा सरकारले एक तृतीयांश मात्र बजेट ल्याएको मन्त्रीले पुनले बताए।

विपक्षी दलहरुले सरकारलाई पूर्ण बजेट नल्याउन निरन्तर दवाव दिदै आएपछि सरकारले अन्तरिम संविधानको धारा ९६ (क) अनुसार एक तृतीयांश मात्र बजेट ल्याएको हो।

अर्थमन्त्री पुनले पूर्ण बजेटको तयारीमा जुटेपनि बजेटलाई राजनीतिक परीक्षाको विषय बनाइएपछि सरकारले आफ्नो कमजोरीका रुपमा नभै राजनीतिक सहमति र संवादको प्रस्थानविन्दुका रुपमा एक तृतीयांश बजेट ल्याएको स्पष्ट गरे।

यस अघि आज विहान बसेको मन्त्रिपरिषदको बैठकले आगामी आर्थिक वर्ष २०६९/७० मा खर्च गर्न एक तिहाई बजेट ल्याउनका लागि राष्ट्रपतिसमक्ष अध्यादेश जारी गर्न सिफारिस गर्ने निर्णय गरेको थियो।

बैठकले चालु आव २०६८-६९ मा विभिन्न मन्त्रालयलाई खर्च गर्न छुट्याएको बजेटको खर्चका आधारमा तृतीयांश बजेट ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । रासस
समाचार नागरिक न्यूज बाट 

Posted by Butwalonline on 5:48 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "एक खर्व ६१ अर्व ६२ करोड रुपैयाको तृतीयांश बजेट सार्वजनिक"

Leave a reply