नवलपरासीको त्रिवेणीमा बस दुर्घटना हुंदा ३९ जनाको मृत्यु
नवलपरासी,असार ३१ - नवलपरासीको त्रिवेणीमा आइतबार दिउँसो भएको बस दुर्घटनामा परी कम्तिमा ३९ जनाको मृत्यु भएको छ ।
झुलानीपुरवाट त्रिबेणीतर्फ जादै गरेको लु १ ख २३५६ नम्बरको बस त्रिवेणीसूस्ता गाविस वडा नं. ९ लक्ष्मीपुरबाट गण्डक नहरमा खसेको प्रहरीले जनाएको छ । अहिलेसम्म ३९ जनाको शव निकालिएको छ । उनीहरुमध्ये २८ पुरूष, १० महिला र एक बालिका छन् । मृतकहरुमा अधिकांश भारतीय नागरिक रहेका छन् ।
२४ जनाको जनाको जीवितै उद्धार गरिएको छ । प्रहरी र स्थानीयवासीले उद्धार कार्य गरीरहेका छन् । उद्धारका लागि गण्डक नहरको पानी बन्द गरिएको छ ।पानीको स्तर विस्तारै घटेपछि उद्धार कार्य सहज हुने प्रहरीले जनाएको छ । स्थानीयका अनुसार बसमा झण्डै ७० जना यात्रु थिए ।
समाचार ऑनलाइन खबर बाट