शिक्षक संगठनको जिल्ला बन्दका कारण काँभ्रेको जनजीवन प्रभावित
काभ्रे असार ३१ - विभिन्न शिक्षक संगठनले आव्हान गरेको जिल्ला बन्दका कारण आज काँभ्रेको जनजीवन प्रभावित भएको छ । बसको ठक्करबाट मृत्यु भएका विद्यालयका स्रोतब्यक्ति डेगराज भट्टराईको मृत्यु भएपछि परिवारलाई उचित क्षतिपूर्तिको माग राख्दै मृतकका आफन्त र युनियनले संयुक्त रुपमा जिल्लामा आम हड्ताल गरेको हो । शिक्षकसँग सम्बन्धीत विभिन्न संघसंगठनहरुले संयुक्त विज्ञप्ति जारी गरी मागपूरा नभए सम्म आमहड्ताल गर्ने जनाएका छन् ।
विज्ञप्तिमार्फत जिल्लाका सम्पूर्ण विद्यालय, जिल्ला शिक्षा कार्यालय, स्रोत केन्द्र, यातायात, बजार, कलकारखाना स्वस्फुर्त रुपमा बन्दगरी मागप्रति एक्यबद्धता जनाउन भनिएको छ । आमड्तालका कारण अरनिको र बीपी राजमार्गमा विहानै देखि यातायातका साधन सञ्चालनमा आउन सकेका छैन । स्रोतकेन्द्रको कामको सिलसिलामा आ-आफ्नो स्रोत केन्द्र जान पैदल हिडिरहनुभएका स्रोतब्यक्तिहरुलाइर् सहचालकले चलाएको हिमाल तराई यातायातको बसले बनेपा नगरपालिका -११ बुडोल स्थित शाखा सडकमा ठक्कर दिदाँ भट्टराईको घटना स्थलमै मृत्यु भएको थियो भने नवराज तिमल्सिना र रामशरण बजगाई गम्भिर घाइते हुनु भएको छ ।
समाचार ऑनलाइन खबर बाट
