जीप दुर्घटनामा परी एकको मृत्यु अन्य २ घाइते
खोटाङ,साउन ३ - खोटाङमा जीप दुर्घटनामा परी एक शिक्षकको मृत्यु भएको छ । लामीडाँडाबाट यात्रु बोकेर सदरमुकाम दिक्तेलतर्फ जाँदै गरेको जीप लेखर्कमा दुर्घटना हुँदा बुईपा-२ का ४० वषर्ीय शिक्षक मणिकुमार राईको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा परि यादव सेन राई र महिला प्रहरी विष्णुकुमारी दनुवार घाइते भएका छन् । उनीहरुका स्थानीय अस्पतालमा उपचार भईरहेको छ ।
समाचार ऑनलाइन खबर बाट
