|

विदशेबाट एकको नाममा अर्कैको शव आयो


काठमाण्डौं असार २७ - साउदी अरब सरकारले बबिता घर्तीको शव बुझ्न ताकेता गरेको १० महिना पुग्यो, एक साताभित्र शव नबुझे त्यही गाड्ने जनाउसहितको अन्तिम पत्र परराष्ट्रमन्त्रालयलाई पठाउको छ ।

परराष्ट्रले राहदानीमा उल्लेख भएको दाङको ठेगानामा उनको खोजी नगरेको होइन् । उक्त ठेगानमा घर्तीको परिवार बसेको छैन भने, उनलाई चिन्ने जान्ने पनि कोही छैनन। घर्तीका बारेमा केही पत्ता नलागेपछि अहिले साउदी सरकारलाई के जवाफ पठाउने भन्ने बारे परराष्ट्र मन्त्रालय अन्यौलमा परेको छ ।

सिन्धुलीका बिष्णुबहादुर वाईवाको शव परराष्ट्रले साउदीबाट झिकायो, तर त्यो शव विष्णुको नभई सुर्खेतका पदमबहादुर थापाको भएको पुष्टि भएको छ । थापा वाइवाको राहदानी प्रयोग गरी साउदी पुगेका रहेछन् । यसरी एकको नाममा अर्कैको शव धेरै मात्रामा आउने गरेको परराष्ट्रमन्त्रालयले जनाएको छ । अर्काको राहदानीमा फोटो परिवर्तन गरी जाने गरेका कारण यस्तो समस्या आएको दूतावसाका काउन्सीलरको भनाई रहेको छ ।

खाडी मुलुकमा दिनैपिच्छे पाँच जनाको सवारी दुर्घटनामा परी मृत्यु हुने गरेको छ । बाटो काट्ने ज्ञान नभएका कारण उनीहरु दुर्घटनामा पर्ने गरेको बताईएको छ ।

यसैगरी अवैधानिक रुपमा विदेश गएकाहरुको कुनै अत्तोपत्तो नहुने मन्त्रालयले जनाएको छ । उनीहरुको शव नेपाल आएपनि बुझ्ने मान्छे कोही नभएपछि मन्त्रालयले नै गाड्ने गरेको छ ।
समाचार ऑनलाइन खबर बाट

Posted by Butwalonline on 7:16 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "विदशेबाट एकको नाममा अर्कैको शव आयो"

Leave a reply