|

अस्पतालमा बच्चा साटिएपछि तनाव


काठमाण्डौं असार २३ - बच्चा साटिएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार तनाव उत्पन्न भएको छ । प्रतिष्ठानमा प्रसुति सेवा लिएका दुई महिलाले जन्माएका शिशु साटिएपछि तनाव उत्पन्न भएको हो ।

प्रसूति वार्डमा भर्ना भएकी उदयपुर रामपुरकी गोमा थापामगरले छोरी र धरान १७ की शर्मिला राईले छोरो जन्माएका थिए । तर, आफन्तलाई शिशु जिम्मा लगाउने बेलामा चिकित्सकले गोमाकी छोरी शर्मिलालाई र शर्मिलाको छोरा गोमालाई दिएपछि चिकित्सकले लापरबाही गरेको भन्दै दुबै सुत्केरीका आफन्तले विहान ४ बजे प्रतिष्ठानमा प्रदर्शन गरेका थिए ।तनाव उत्पन्न भएपछि स्थिति नियन्त्रण बाहिर जाने भयले सुरक्षाकर्मीले स्थितिलाई नियन्त्रणमा लिएको थियो ।
समाचार ऑनलाइन खबर बाट

Posted by Butwalonline on 7:50 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "अस्पतालमा बच्चा साटिएपछि तनाव"

Leave a reply