दाईजोमा साईकल नपाएपछि श्रीमतीको हत्या
बारा असार २३ - दाईजोमा दिने कबोल गरिएको साईकल नपाएपछि बारा कुडवा ७ निवासी पुनम साहको हत्या भएको छ । २०६६ सालमा सामाजिक परम्पराअनुसार रामलाल साहसँग विवाह गरेकी पुनमको श्रीमान र ससुरा गणेश साह मिलेर हत्या गरेको उनका माइती पक्षले आरोप लगाएका छन् ।
जल्लाको दहियार १ मलहनी माईती भएकी पुनमका बाबु बैद्यनाथ साहले दाईजोमा साईकल दिने भनिएपनि दिन नसक्दा छोरीको हत्या गरिएको जानकारी गराएका छन् ।
साईकलसँगै दाईजोस्वरुप दिने भनिएको नगद ३० हजार रुपैयाँ दिन नसक्दा छोरी पुनमलाई श्रीमान र ससुराले मिलेर कुट्ने, शारिरीक र मानसिक यातना दिने गरेको बैद्यले बताएका छन् ।
समाचार ऑनलाइन खबर बाट
