ओलम्पियन नारायण गुरुङलाई पितृशोक
प्रेमनारायण न्यौपाने,पोखरा,असार २२-ओलम्पियन एवं तेक्वान्दो प्रशिक्षक नारायण गुरुङलाई पितृशोक परेको छ।गुरुङका पिता टेकबहादुर गुरुङको ८२ वर्षको उमेरमा आफ्नै निवास पोखरा–१५ रामबजारस्थित आÇनै निवासमा मड्डलबार निधन भएको हो।
कास्की जिल्लाको धम्पुस गाविस वडा नं. ८ मुलाबारी पुरानो बसोबास भए पनि गुरुङको परिवार विगतदेखि रामबजारमा बस्दै आएको छ।गुरुङको बिहीबार बौद्ध अर्घौं सदन रामघाटमा दाहसंस्कार गरियो। स्व. गुरुङका तीन छोरा तथा दुई छोरी छन्। जेठो र कान्छो छोरा बहराइन तथा माइलो छोरा ओलम्पियन नारायण गुरुङ अमेरिकाको पोर्टल्याण्डमा बस्दै आएका छन्।उनले अमेरिकामा तेक्वान्दो विद्यालय सञ्चालन गर्दै आएका छन्।
कास्की जिल्ला तेक्वान्दो सङ्घले शुक्रबार एक शोक विज्ञप्ति जारी गर्दै तेक्वान्दो प्रशिक्षणक गुरुङका पिताको निधन भएकोमा दुख व्यक्त गरेको छ।सङ्घका अध्यक्ष जगन बहादुर गुरुङद्वारा जारी विज्ञप्तिमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गरिएको छ।