चट्याङले लागेर दुइ जनाको मृत्यु
उदयपुर असार २८ - बर्षासँगै परेको चट्याङले लागेर उदयपुर र नुवाकोटमा दुइ जनाको मृत्यु भएको छ । चट्याङले लागेर उदयपुरको त्रियुगा नगरपालिका १७ गैरुनकी २८ बषिर्या घोली सदाको ज्यान गएको हो । घरबाट सदरमुकाम गाईघाट तर्फ जानेक्रममा बुधबारसाँझ उनलाई चट्याङले लागेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
कालिखोला नजिक परेको चट्याङले लाग्दा सदाको शरिरको भागहरु डढेको छ । सदाको शव जिल्ला अस्पताल उदयपुरमा पोष्टमार्टमका लागि राखिएको छ ।
त्यस्तै नुवाकोटमा पनि चट्याङले लागेर एक जनाको मृत्यु भएको छ । गएराती परेको चट्याङले लागेर बेतिनी गाविस वडा नम्बर १ का ५० बर्षका जगत बहादुर थिंगको मृत्यु भएको हो । थिंगको सुतिरहेको अवस्थामा परेको चट्याङ्ले घरमै मृत्यु भएको जनाईएको छ ।
त्यसैगरी, चट्याङ्ले बालकुमारी गाविस वडा नम्बर ७ कामचोकका साईला तामाङ्, कुल बहादुर तामाङ्, मुई लामा तामाङ र राम कुमार तामाङ् घाईते भएको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारको लागी सदरमुकाम विदुर लगिएको छ । चट्याङ्बाट बाकुमारी गाविसमा ५ वटा भैँसी र ५ वटा बाख्रा समेत मरेका बताइएको छ ।
समाचार ऑनलाइन खबर बाट
