|

आर्थिक लेनदेनको विषयमा दुई परिवाबीचको विवादमा एक जनाको हत्या


सिन्धुपाल्चोक, असार २० - आर्थिक लेनदेनको विषयमा दुई परिवाबीचको विवादमा एक जनाको हत्या भएको छ। अर्का एक जना घाइते भएका छन्।

पश्चिमी क्षेत्रको फटकशिला-१ छाप गाउँका २३ वर्षीय माने तामाङको छिमेकीले खुकुरी प्रहार गरी मंगलबार राति हत्या गरेका हुन्। उनका बाबु बेलबहादुर तामाङ खुकुरी प्रहारबाट गम्भिर घाइते भएका छन्।

राति आठ बजेतिर सोही ठाउँका लालबहादुर नेपाली र उनका छोरा सुदीप नेपाली मिलेर तामाङ बाबु छोरामाथि खुकरी प्रहार गरेका थिए। छोरा मानेको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय मेलम्चीका इन्स्पेक्टर लोकहरि खनालले बताए।

गम्भिर घाइते बेलबहादुरलाई उपचारको लागि राति नै राजधानी लगिएको थियो। उनको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको इन्स्पेक्टर खनालले बताए। घटना लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले घटनामा संलग्न नेपाली बाबुछोरालाई नियन्त्रणमा लिएको थियो। उनीहरुलाई मेलम्ची प्रहरीको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ। इन्स्पेक्टर खनालले आर्थिक लेनदेनको विषयमा घटना भएको बुझिएपनि बास्तविकता पत्ता लगाउने प्रयास भइरहेको जानकारी दिए।
समाचार नागरिक  न्यूज बाट

Posted by Butwalonline on 6:55 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "आर्थिक लेनदेनको विषयमा दुई परिवाबीचको विवादमा एक जनाको हत्या"

Leave a reply