|

बुटवलबाट महेन्द्रनगरका लागि छुटेको बस पल्टिदा २६ जना घाइते


बदिर्या असार २२ - बदिर्यामा भएको सवारी दुर्घटनामा परी २६ जना घाइते भएका छन् । बबई पुल नजिकै बुटवलबाट महेन्द्रनगरका लागि छुटेको लु १ ख ६७१८ नम्बरको रिर्जभ बस पूर्वपश्चिम राजमार्गमा सडक छेउमै पल्टिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका नवलपरासी सुनौलका दीपक राना र पर्वत हुवासका सन्देश बस्यालको मेडिकल कलेज कोहलपुरमा उपचार भईरहेको छ । अन्य २४ जना घाइतेको भुरीगाउँको स्थानीय क्लिनिकमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय भुरीगाँउले जनाएको छ । चालक निदाएका कारण बस दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
समाचार  ऑनलाइन खबर बाट 

Posted by Butwalonline on 8:11 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बुटवलबाट महेन्द्रनगरका लागि छुटेको बस पल्टिदा २६ जना घाइते"

Leave a reply