|

करेन्ट लागेर १२ बर्षीय बालकको मृत्यु

दाङ,श्रावण ५-करेन्ट लागेर दाङमा एक बालकको मृत्यु भएको छ । पश्चीम दाङको धनौरी ७ बुढाडावर निवासी १२ बर्षीय सुदिप लामीछानेको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । हिटरमा खाना पकाउने क्रममा करेन्ट लागेर बालकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । यसैबीच दाङको कटुवा खेलाले बगाउदा ज्यान गुमाएका एक युवकको अझै सनाखन हुन सकेको छैन । हिजोराति वर्षातका कारण अन्दाजी ३५ वर्षिय एक युवकको खोलाले बगाएर मृत्यु भए पनि युवकको शव घोराही स्थित ट्राफिक कार्यालय पछाडिको वगरमा फेला परेको थियो ।

Posted by Butwalonline on 6:04 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "करेन्ट लागेर १२ बर्षीय बालकको मृत्यु"

Leave a reply