महिनैदेखी अनियमित बन्यो अर्घाखाँचीको विद्युत सेवा
प्रधिकरणकै लपारबाही भएको जिल्लाबासिको ठहर
विजय दमासे,अर्घाखाँची,असार २० महिनैदेखी अर्घाखाँचीको विद्युत सेवा अनियमित बन्न पुगेको छ । नेपाल विद्युत प्रधिकरण अर्घाखाँचीको ढिलासुस्तीका कारण अर्घाखाँचीको विद्युत सेवा अनियमित बन्न पुगेको हो ।
अर्घाखाँची जिल्लालाई लोडसेडि∙ मुक्त जिल्ला बनाएको एक बर्ष नवित्दै यसरी लामो समयदेखी जिल्लामा विद्युत सेवा अनियमित बन्न पुग्दा जिल्लाबासीले हैरानी खेप्नु परेको छ । अर्घाखाँची जिल्लाको विद्युत अनियमित बन्दा उद्योग घन्दा, कलकारखाना,संचार माध्यम, वित्तिय संस्था पूर्ण रुपमा प्रभावित बन्न पुगेका छन् । अर्घाखाँचीमा हुने अनियमित विद्युत सेवाले मनविय जनजिवन कष्ट्रकर बन्दै गएको छ । पटकपटक उपभोक्ताले विद्युत प्राधिकरणलाई विद्युत सेवा नियमित बनाउन आग्रह गरेतापनि विद्युत प्राधिकरणको हेलचक्राईका कारण अर्घाखाँचीको विद्युत सेवा अनियमित बन्न पुगेका जिल्लाबासिले ठहर गरेका छन् । यसरी लामो समय देखी अर्घाखाँचीको विद्युत सेवामा खरावी आउदाँ विद्युत प्राधिकरण टुलुटुलु हेररे बसेको प्रति जिल्ला बासिको अक्रोश छ ।
सन्धिखर्कमा मोवाईल,कमप्यूटर मर्मत गरि व्यापार व्यवसाय गर्दै आएका केरुङा गाविस निवासि विजय कैशल भन्छन् “ लोडसेडिङ मुक्त जिल्ला भन्छ, २४ घण्टामा १२ घण्टा विद्युत सेवा नियमित आउन पनि मुस्कील पर्न थाल्यो,के व्यापार गर्ने । विद्युत जान्छ, कतिवेला आउछ भनि सोध्न प्रधिकरण शाखा अर्घाखाँचीको हट लाईन नम्वर ०७७४२०१३१ मा सय चोटी फोन हान्यो उठ्दैन् । पटक पटक फोन हान्दा उठेतापनि हाम्रो क्षेत्रमा होईन फलानो क्षेत्रमा विग्रियो भनेर तर्किन्छ । आफ्नो क्षेत्रमा बिग्रिएतापनि यस्तै भनेर तर्किन्छ । लाईन बिग्रियो भने सो दिनभरनै विद्युत आउनन् । प्राधिकरणको यस्तो पाराले हाम्रो व्यापार व्यवसाय चैपटमा पुग्यो प्राधिकरणको यस्तो मनोमानी हामीहरुले कति दिन सहने, अव त अत्ति भयो भन्छन् भन्दै हामी माझ । उनि फेरी भन्छन् प्राधिकरण एक/दुई हप्तामा नसुध्रिए हामी व्यापार व्यवसाय ठप्प गरेर साचोँ सरकारलाई दिन बाध्य हुनेछौ ।
यस्ता अक्रोश, गुनासो उनको मात्र होईन अर्घाखाँचीमा रहेर आम व्यापार व्यवसाय गर्नेहरुको रहेको छ । यस्तै विद्युत सेवा अनियमित हुदाँ अर्घाखाँचीका संचारमाध्यमा पनि ठूलो प्रभाव पर्न थालेको छ । त्यसमा पनि छापा माध्यम अज बढि प्रभावित बन्न पुगेका छन् । अर्घाखाँचीमा सानो अपसेट हुनु त्यसमानी बढी महड्डो त्यसैले पत्रिका सेटिङ गरेर बुटवल/काठमाण्डौ पठाउनुपर्ने बाध्यता रहेकाले जिल्लामा विद्युत सेवा अनियमित बन्दा पत्रिका सेटिङ हुन नसकी अर्घाखाँचीबाट प्रकासित हुने पत्रिकाहरु समेत अनियमित बनेको प्रकाशकहरुको भनाई रहेको छ । त्यस्तै अर्घाखाँचीमा संञ्चालित विद्युतिय संचार गृहहरु नियमित रुपमा विद्युत अपूर्ती हुन नसक्दा पटक पटक बन्द हुर्दै अएका छन् । यसबाट जिल्लाबासी पटकपटक संचार विहिन बन्नु परेको छ ।
उता विद्युत कार्यालय अर्घाखाँचीले भने पटकपटक अर्घाखाँचीको विद्युत सेवामा खरावी आएको र आफुहरु मर्मतका लागी भरपुर्र लागेको दावी गरेको छ ।