गर्मीका कारण आज बुटवलमा एकजना बृद्धको मृत्यु
बुटवल ,जेष्ठ १९ - बढ्दो गर्मीकाका कारण आज बुटवलमा एक जना बृद्धको मृत्यु भएको छ | लुम्बिनी अंचल अस्पतालमा गर्मीका कारण हुने हिट स्ट्रोकका उपचार गराउदै आउनु भएका बारा जिल्ला घर भएका सूर्य गुरुंग को गए रति १२ बजे मृत्यु भएको अस्पतालका मेडिकल रेकर्ड अधिकृत लक्ष्मी राज रेग्मिले जानकारी दिनु भयो |बढ्दो गर्मीका कारण यस क्षेत्र मा हिट स्ट्रोकका बिरामी हरु दिन प्रति दिन बढ़ी रहेको छ अहिले सम्म १४ /१५ जना बिरामी हरु उपचार को लागि लुम्बिनी अंचल अस्पताल मा आएको रेग्मिले जानकारी दिनु भो | आज बर्षा भएको कारण केहि गर्मी घटेकाले गर्मीका कारण हुने रोगहरुमा कमी आउने चिकित्सक हरुको अनुमान छ |
