पल्सर स्पोर्टस अवार्ड असार तेस्रो साता
माधब अर्याल,पाल्पां, जेठ २१ –पल्सर स्पोर्टस अवार्ड २०६८ असार तेस्रो साता आयोजना हुने भएको छ । विगतमा भाद्र २५ गते हुदै आएको थियो । अन्तर्राष्ट्रिय खेलकुद पत्रकार दिवस (जुलाई २) को अवसर पारेर यसपल्ट असार २० गते (प्राविधिक कारणवश जुलाई ४ मा) सञ्चालन गर्ने आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले पत्रकार सम्मेलनमार्फत आइतबार जनाएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठनामा हुने कार्यक्रममा बर्ष २०६८ का उत्कृष्ट खेलाडीहरुलाई आठ विधामा पुरस्कार दिइनेछ । त्यसमा पल्सर बर्षको उत्कृष्ट पुरुष खेलाडी, पल्सर बर्षको उत्कृष्ट महिला खेलाडी, पल्सर बर्षको उत्कृष्ट प्रशिक्षक, पल्सर बर्षको उत्कृष्ट युवा खेलाडी, पल्सर बर्षको उत्कृष्ट पारा एथलिट, लाइफटाइम एचिभमेन्ट अवार्ड, स्पेसल अवार्ड र पल्सर वर्षको लोकप्रिय खेलाडी हुनेछन् ।
लाइफटाइम एचिभमेन्ट अवार्ड, स्पेसल अवार्ड र पल्सर बर्षको उत्कृष्ट पारा एथलिटको घोषणा अवार्ड समारोहकै दिन असार २० गते हुनेछ । लोकप्रिय वर्ष खेलाडीको ५ खेलाडीको मनोनयन घोषणा यही साता हुनेछ । एसएमएस मतदानको आधारमा सर्बाधिक मत पाउने खेलाडी पल्सर लोकप्रिय वर्ष खेलाडी हुनेछन् । अन्य चार विधामा पनि ५–५ खेलाडीको मनोनयन हुनेछ । मञ्चका सचिव महेश आचार्यको संयोजकत्वमा गठित ८ सदस्यीय छनोट समितिले सबै विधाको मनोनयन सार्वजनिक गर्नेछ ।
पल्सर बर्षको उत्कृष्ट पुरुष खेलाडी र पल्सर बर्षको उत्कृष्ट महिला खेलाडीले गत बर्ष झैं पल्सर मोटरसाइकल पुरस्कार पाउनेछन् । लोकप्रिय वर्ष खेलाडीलाई पनि पल्सर मोटरसाइकल पुरस्कार दिने पहल भइरहेको मञ्चका अध्यक्ष निरञ्जन राजवंशीले बताउनुभयो । अन्य ५ विधाका विजेताले ३०–३० हजार रुपैया पाउनेछन् । विजेता लगायत मनोनयनमा पर्ने सबैले ट्रफि र उपहार प्राप्त गर्र्नेछन् ।
“खेलाडीको चरित्र अलि भिन्न हुन्छ । प्रतिद्वन्द्विसगको हार खेलाडीले स्वीकार्नसक्छन् । उनीहरुको यस्तो गुण हाम्रा नेताहरुले सिक्नुपर्छ”, पल्सर स्पोर्टस अवार्डका प्रायोजक हंसराज हुलासचन्द एन्ड कम्पनीका कार्यकारी निर्देशक शेखर गोल्छाले भने, “सागर थापाले साफ च्याम्पियनसिप फुटबलमा गोल गर्दा सबै नेपाली खुशी भएका थिए । त्यहा जातको कुरा थिएन ।” उनले थपे, “खेलकुदको यस्तै विशेषताको कारण लगातार चौथो बर्ष स्पोर्टस अवार्डलाई प्रायोजन गर्दैछौं । यसअघि कहिल्यै लगातार चार बर्ष गोल्छाले कुनैपनि कार्यक्रमलाई प्रायोजन गरेको थिएन । प्रत्येक बर्ष पल्सर स्पोर्ट अवार्ड भव्य रुपमा आयोजना हुदैछ । यसपल्ट अझ भव्य आयोजनाको सफलताको कामना छ ।”
हंसराज हुलासचन्द एन्ड कम्पनीको अटोमोबाइल ब्रान्ड पल्सरसग थप ५ बर्षे प्रायोजनमा गत बर्ष नै सम्झौता भएको थियो । यसपल्टको प्रायोजक रकम १२ लाख ५० हजार रुपैया बराबरको हुने हंसराज हुलासचन्द एन्ड कम्पनीको कार्यकारी निर्देशक शेखर गोल्छाले बताए । त्यसमध्ये ६ लाख रुपैया उसले कार्यक्रम आयोजनाको लागि मञ्चलाई यपलब्ध गारउनेछ ।
मञ्चले २०५४ अवार्ड सुरु गरेपनि बीचमा केही बर्ष स्थगित भएको थियो । २०६० पुनः सुरुभएको स्पोर्टस अवार्ड त्यसयता हरेक बर्ष आयोजना हुँदै आएको छ ।