|

चट्याङ लागेर खोटाङमा दुई महिलाको मृत्यु

खोटाङ, असार ८- चट्याङ लागेर खोटाङमा दुई महिलाको मृत्यु भएको छ। बिहीबार साँझ परेको चट्याङ लागेर हौंचुर-१ पैयाँकी ५९ वर्षीया कमलसरी राई र २९ वर्षीया देवी तामाङको मृत्यु भएको हो।चट्याङ लागेर बेहोस बनेका उनीहरूको आज बिहानपख मृत्यु भएको स्थानीय दावा शेर्पाले जानकारी दिए।

चट्याङ लागेर बेहोस बनेका सनमान तामाङको अझै होस नखुलेको स्थानीयवासीले जानकारी दिएका छन्। बेहोस बनेका अन्य घाइतेको भने होस खुलिसकेको छ। घटनास्थलतर्फ आज बिहान प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
नागरिक न्यूज बाट

Posted by Butwalonline on 8:28 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "चट्याङ लागेर खोटाङमा दुई महिलाको मृत्यु"

Leave a reply