भारतीय क्रिकेट टिमका कप्तान महेन्द्रसिंह धोनी काठमाडौँमा
काठमाडौं, अषाढ २ - भारतीय क्रिकेट टिमका कप्तान महेन्द्रसिंह धोनी शनिबार बिहान काठमाडौँ आएका छन् । उनी एयर इन्डियाबाट बिहान ९:३० बजे आएका हुन् ।
जहाजबाट झरेलगत्तै विमानस्थलमै पत्रकार सम्मेलन भएको छ । त्यसपछि धोनी होटल याक एन्ड यतीमा जानेछन् । होटलबाट धोनी ११ बजे कीर्तिपुर क्रिकेट मैदानमा जानेछन् ।
त्यहाँ यू-१९ टिमका प्रशिक्षणमा व्यस्त खेलाडी, राष्ट्रिय खेलाडी, नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीसँग न्तर्क्रिया गर्नेछन् । दुई घन्टा त्यहाँ बिताएपछि उनी भारतीय दूतावासमा जानेछन् । त्यहाँबाट करिब ३:३० बजे याक एन्ड यतीमा अन्तर्क्रिया कार्यक्रम हुनेछ । स्रोतका अनुसार धोनीलाई नेपाली क्रिकेटको ब्रान्ड एम्बासडर बनाउने तयारी भएको छ । त्यसपछि धोनी फेरि दूतावासको कार्यक्रममा जानेछन् । आइतबार बिहान पशुपतिनाथको दर्शन गरी उनी भारत र्फकने कार्यक्रम छ । उनका लागि सुरक्षा व्यवस्था बलियो पारिने बताइएको छ ।
समाचार कांतिपुर बाट