|

एनआरएन महिला समिति युएईको सहयोगबाट बुद्धमाया तामाङ नेपाल फिर्ता


लालबहादुर ढेंगा, दुबई, दुबई । युएईस्थित कार्यरत नेपाली महिलाहरुको हक हितका लागि भर्खरै मात्र स्थापना गरिएको एनआरएन अन्तर्गत महिला समिति युएईले सिन्धुली घर भएकी बुद्धमाया तामाङलाई दुबईबाट उद्धार गरी स्वदेश नेपाल घर फिर्ता पठाउनमा सफल भएका छन् ।

विगत ११ महिनादेखि दुबईस्थित ईरानीको घरमा घरेलु कामदारको रुपमा कार्यरत बुद्धमाया तामाङले विभिन्न यातनाहरु सहदै आएको क्रममा आफ्नो पासपोर्ट या कुनै पनि डकुमेण्ड नलिएर घरबाट भाग्नमा बाध्ये भएकी थिइन् । भागेपछि संयोगवंश एनआरएन महिला समितिको सम्पर्कमा आएपछि अध्यक्ष अर्चना बस्नेत रोकाहाले बसोबासका लागि व्यावस्था समेत गरेकी थिइन् ।

पीडित तामाङलाई स्वदेश नेपाल फर्काउनको लागि नेपाली राजदूतावासमा सम्पर्क गरी अबूुधावीसम्म जानको लागि खर्च दिएर पठाएपछि समितिकी उपाध्यक्ष रिना बिष्टले लिएर दूतावासमा पुर्‍याएकी थिइन् । दूतावासको पहलमा सबै कानुनी प्रक्रियाहरु पूरा गरी गत ७ जुन बिहीबारका दिन खुशीका साथ आफ्नो देश नेपाल जान सफल भएकी छिन् ।

यस उद्धार कार्यमा विशेष गरी सहयोग पुर्‍याउने नेपाली राजदूतावास, राम दाई र उपाध्यक्ष रिना बिष्टलाई अध्यक्ष बस्नेत रोकाहाले धन्यबाद दिएकी छिन् । एनआरएन महिला समितिको यस कार्यलाई सह्रानीयको रुपमा लिनु पर्दछ । संस्था भर्खरै मात्र स्थापना भए पनि कार्य भनेको ठूलो गरेको छ । यस्ता खाले समस्याहरुलाई आइपर्ने खण्डमा सबै मिलेर समाधान गर्नु नै उत्तम कार्य हो ।  

प्रवासमा आफ्नो वैदेशिक रोजगारीका लागि आएका दाजुभाई तथा दिदीबहिनीहरुले युएईस्थित संचालनमा रहेका सामाजिक संस्थाहरु र नेपाली राजदूतावाससंग समन्वय गर्दै युएईका कानुन प्रवधानबारे जानकारी लिएमा भविश्यमा आइपर्ने दु:ख र समस्याबाट केही हदसम्म बच्न सकिने थियो ।      
         

Posted by Butwalonline on 7:05 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "एनआरएन महिला समिति युएईको सहयोगबाट बुद्धमाया तामाङ नेपाल फिर्ता"

Leave a reply