नेपालको शान्ति प्रक्रियामा सघाउन संयुक्त राष्ट्रसंघले ८० लाख डलर सहयोग गर्ने
काठमाण्डौ,असार १५ - संयुक्त राष्ट्रसंघले नेपालको शान्ति प्रक्रियामा सघाउन भन्दै ८० लाख अमेरिकी डलर आर्थिक सहयोग प्रदान गरेको छ । राष्ट्रसंघीय शान्ति स्थापना कोषले नेपाललाई ८० लाख डलर सहयोग निकासा गरेको हो । नेपालको शान्ति प्रक्रियामा थपिएका चुनौतिहरुलाई मध्यनजर गर्दै सहयोग प्रदान गरिएको राष्ट्रसंघको भनाइ छ । यो रकम नेपाल सरकारको निगरानीमा नेपालस्थित राष्ट्रसंघीय शान्ति कोषको कार्यालयमार्फत परिचालन हुने बताइएको छ ।
राष्ट्रसंघको सहयोग रकम शान्ति स्थापनाका लागि नीतिहरुमा सुधार गर्न, अदालतहरुको सुदृढिकरण तथा संवाद संस्कृतिको विकाश र नेतृत्व विकाश लगायतका क्षेत्रमा खर्च हुने बताइएको छ । साथै हिंसापीडित महिला र बालबालिकाको सहयोगमा पनि रकम खर्च गरिनेछ । सहयोग रकमका बारेमा जानकारी गराउँदै नेपाल स्थित राष्ट्रसंघीय आवासीय प्रतिनिधि रोबर्ट पाइपरले पूर्व माओवादीलडाकुको समायोजन तथा बारुदी सुरुङ हटाउने लगायतका काममा महत्वपूर्ण सफलता मिलेको भएपनि संविधान नबनिकन संविधानसभा विघठन भएकाले नेपालको शान्ति प्रक्रियामा चुनौति थपिएको बताउनुभएको छ ।
ऑनलाइन खबर