|

तनहुँमा पहिरोले पुरिएर सात जनाको मृत्यु

तनहुँ असार १५ - तनहुँको जामुने १ ट्याम्केमा पहिरोले पुरिएर सात जनाको मृत्यु भएको छ । बिहीबार साँझदेखि परेको अविरल बर्षा पछि राती आएको पहिरोले स्थानीय शाहीबहादुर बिकको घर बगाउँदा उनकी श्रीमति २४ बर्षकी रुपा बिक, छोरी आठ बर्षकी पूणिर्मा बिक र छ बर्षकी  देवीमाया विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

सोही पहिरोमा पछि छिमेकीहरु २० बर्षकी शुष्मा विक, उनकी छोरी रेखा विक त्यस्तै १५ बर्षका दुर्गा विक र रुपाकी बहिनी १६ बर्षकी सम्झना विक रहेको बताईएको छ ।घटना स्थलमा स्थानियबासी तथा प्रहरीले उद्धार कार्य जारी राखेको छ । भने क्षतिको यकिन विवरण पनि आउन बाँकी रहेको छ ।

 त्यस्तै बागलुङको हटियामा पहिरोले एक घर पुर्दा तीन जना वेेपत्ता भएका छन् । गएराती आएको अविरल वर्षाका कारण आएको पहिरोले हटिया गाविस वडा नं ३ चौताराको एकै घरको तीन जना वेपत्ता भएका हुन् । स्थानिय टेकबहादुर खत्रीको घर पुरिदा खत्रीकी श्रीमती ६४ वर्षिया पवित्रा खत्री, घरमा डेरा गरी बस्ने बागलुङ रेश गाविस वडा नं ८ की २२ वर्षिया लक्ष्मी सुनार र उहाँका ३ वर्षिया छोरा सुदिप सुनार भएको प्रहरीले जनाएको छ । अहिले स्थानियबासी र प्रहरीको सक्रियतामा उद्दारकार्य जारी रहेको छ ।
समाचार ऑनलाइन खबर बाट

Posted by Butwalonline on 8:15 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "तनहुँमा पहिरोले पुरिएर सात जनाको मृत्यु"

Leave a reply