प्रेम प्रस्ताव अस्वीकार भएपछि सशस्त्र प्रहरीद्वारा आत्महत्या
इटहरी, जेठ १- साथीसँग प्रेम प्रस्ताव राख्दा अस्वीकार गरेपछि सशस्त्र प्रहरीको पूर्वी क्षेत्रीय मुख्यालय बराहबाहिनी पकली सुनसरीका एक हवल्दारले आइतबार राति आत्महत्या गरेका छन्।
झापा दमक घर भएका भक्त श्रेष्ठले आत्महत्या गरेका हुन्। उनले सोही मुख्यालयमा कार्यरत एक महिलालाई प्रेम प्रस्ताव गरेकोमा अस्वीकार गरेपछि पेस्तोलले कन्चटमा हानेका थिए। घाइते भक्तको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि लाने क्रममा बाटैमा मृत्यु भएको मुख्यालयले जनाएको छ।
उनले सवा नौ बजेतिर पुगेर प्रेम प्रस्ताव राख्दा अस्वीकार भएपछि केहीबेर विवाद गरेका थिए। सोही बेला ड्युटीमा खटिएका महिला प्रहरीले प्रयोग गरेको हतियार खोसेर कन्चटमा हानेको प्रहरीले जनाएको छ।
उनले सवा नौ बजेतिर पुगेर प्रेम प्रस्ताव राख्दा अस्वीकार भएपछि केहीबेर विवाद गरेका थिए। सोही बेला ड्युटीमा खटिएका महिला प्रहरीले प्रयोग गरेको हतियार खोसेर कन्चटमा हानेको प्रहरीले जनाएको छ।
समाचार नागरिक नुज बाट
