सुकुम्बासी बस्ती खाली गरीएको भोलिपल्टको दृश्य
काठमाडौ, वैशाख २७ - सरकारले पटकपटकको प्रयासपछि मङ्गलबार राजधानीको थापाथलीस्थित वाग्मती नदी किनार अतिक्रमण गरी बनाइएका घरटहरा भत्कायो । १ हजार २ सय ५० जना बस्ने बस्तीबाट पक्की र टहरा गरी २ सय ४८ वटा घर भत्काएपछि अहिले यो ठाउँ उराठलाग्दो भएको छ ।
बाक्लो सुकुम्बासी बस्ती भत्काएपछि बुधबार पानी परिरहेकोबेला पनि उनीहरु भत्काएको ठाउँमा सामान खोजिरहेको भेटिए । भाँडाकुँडा यत्रतत्र छरिएका छन् । पुरिएका लुगाफाटो, भाँडावर्तन, सर सामान खोजिरहेका दिए सुकुम्बासी । केहीले त्यहीँ अस्थायी पाल टाँगेर बसेका छन् ।
तस्बीर :सन्जोग मानन्धर
स्रोत : कांतिपुर दैनिक
Posted by Butwalonline
on 5:42 PM. Filed under
Photo Gallery
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response