सामुदायिक वनमा आगलागी ५० घर जोखिममा
पर्वत, वैशाख २१ - पर्वतको पकुवा गाविस ७ स्थित कपासे सामुदायिक वनमा बुधवार अपरान्हदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रणका लागि स्थानीयबासीहरुको प्रयास असफल भएपछि सदरमुकाम कुश्माबजारबाट ठूलो संख्यामा गएको सुरक्षाकर्मीले आगो नियन्त्रणको प्रयास गरेपनि नियन्त्रणमा आउन नसकेको हो ।
सशस्त्र प्रहरीबल चण्डिका गणबाट ४० जना, नयाँ भैरवीदल गुल्मबाट ३१ र नेपाल प्रहरीबाट २० जना सुरक्षाकर्मीको टोली त्यहाँ पुगेको थियो । सुरक्षाकर्मीसंगै गाउँले आगो नियन्त्रणमा जुटे पनि पूर्ण रुपमा आगो नियन्त्रणमा नआएको हो ।
आगोले पकुवाका ५० घर जोखिममा परेका भएपनि आगो भिरतिर फैलिएकाले बस्तितिर आउने संभावना नरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक विजयराज पण्डितले बताए । ५ सय रोपीनमा फैलिएको वनमा अहिले भिरक्षेत्रमा आगलागी भईरहेको छ
समाचा कांतिपुर दैनिक बाट