तराईमा थारुद्वारा ३ दिने बन्दको आहृवान
काठमाण्डौ,वैशाख २१-थारु संघर्ष समितिले आव्हान गरेको तराई बन्दका कारण बिहीबार पनि तराईको जनजीवन प्रभावित भएको छ । विभिन्न माग राख्दै थारु संयुक्त संघर्ष समितिले आज भोलि र पर्सि तीन दिन तराई बन्दको आहृवान गरको हो ।
नयाँ संविधानमा चितवनदेखि कञ्चनपुरसम्मको क्षेत्रलाई थरुहट स्वायत्त प्रदेश बनाउनुपर्ने, सिराहादेखि पूर्वी झापासम्मको क्षेत्रलाई थरुहट कोचिला प्रदेश र पर्सादेखि धनुषासम्मको भागलाइ तराई सिम्रौनगढ स्वायत्त प्रदेश बनाउनुपर्नेलगायतका मागसहित तराई बन्द आहृवान गरिएको संयुक्त थारु संघर्ष समितिका तर्फबाट जनजाति महासंघका अध्यक्ष राजकुमार लेखीद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।
थारु कल्यानकारीणी सभा, नेपाल लोकतान्त्रिक थारु संघ, थारु राष्ट्रिय मुक्ती मोर्चा, थारु महिला जागरण केन्द्रलगायत १२ वटा समूहले बन्दको आहृवान गरेको हो ।
यसैबीच अखण्ड सुदूरपश्चिम हुनुनपर्ने मागसहितको आन्दोलन बिहीबार पनि सुदूर पश्चिममा जारी रहेको छ । आजदेखि थप आन्दोलनका कार्यक्रम गरिने संर्घष समितिले जनाएको छ । लगातारको आन्दोलन र बन्दका कारण सुदूरपश्चिमको जनजीवन थप कष्टकर बन्दै गएको छ ।
समाचार ओनलाइन खबर बाट