मधेश बन्दबाट भैरहवा क्षेत्रको जनजीवन प्रभावित
भैरहवा, वैशाख ३१ - संघीय राज्य र आत्म निर्णयको अधिकार सहित मधेश स्वायत्त प्रदेशको माग गर्दै मधेशी जनअधिकार फोरम -नेपाल) ले आयोजना गरेको मधेश बन्दबाट भैरहवा क्षेत्र प्रभावित भएको छ ।
भैरहवा क्षेत्रमा बिहानैदेखि लामो र छोटो दुरीको कुनैपनि सार्वजनिक यातायात संचालन भएका छैनन् भने मालबाहक गाडि पनि चलेका छैनन् । सबै उद्योग कलकाराखाना, व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्था सबै बन्द छन् ।
सडकमा सामान्य साईकल र रेक्सा चलेका छन् । स्थानीय बुद्धचोक, देवकोटा चोक, मिलन चोक, शान्तिनगरको डन्डापुल, एयरपोर्ट लगायतका स्थानमा बन्दकर्ता तैनाथ छन् । पर्यटक बाहन, प्रहरी, दमकल, प्रेस, एम्बुलेन्स संचालनमा कुनै अवरोध नगरिएको फोरमका रुपन्देही अध्यक्ष महेन्द्र यादवले बताए ।
समाचार कांतिपुर दैनिक बाट