अन्तर्राष्ट्रिय कात्सुहिको गिबो स्मृति करातेप्रतियोगितामा नेपालच्याम्पियन
काठमाडौं,वैशाख ३१-प्रथम अन्तर्राष्ट्रिय कात्सुहिको गिबो स्मृति करातेप्रतियोगितामा नेपाल आइतबार च्याम्पियन बनेको छ ।च्याम्पियन नेपालले १७ स्वर्ण, १३ रजत र २८ कांस्यजित्यो ।
५ स्वर्णसाथ भारत दोश्रो भयो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्-राखेप) को कभर्डहलमा भएको प्रतियोगिताअन्तर्गत पुरुषको ५० केजीमा एपीएफका विजयलामा पहिलो भए । फाइनलमा उनले राष्ट्रिय टिमका सोनाम लामाको चुनौती पन्छाए । ५५केजीको फाइनलमा राष्ट्रिय टिमका सुनील लामाले नेपाल आर्मीका मणिकुमार सुनुवारलाईपाखा लगाउदै स्वर्ण जिते । राष्ट्रिय टिमका विनोद महर्जनलाई निराश पार्दै पश्चिमाञ्चलकागणेश पाइजाले पुरुष ६० केजीको उपाधि चुमे । पुरुषको ६७ केजीमा राष्ट्रिय टिमकामुकुन्द महर्जनले बाजी मारे ।
फाइनलमा मुकुन्दले मध्यमाञ्चलका दिवश श्रेष्ठलाई हराए ।राष्ट्रिय टिमका भीमबहादुर तामाङ पुरुषको ८४ केजीमा च्याम्पियन बने । उपाधि भिडन्तमाभीमले पश्चिमाञ्चलका विवश थापालाई पराजित गरे । ८४ केजीमाथि एपीएफका लालबहादुरबढुवालले पश्चिमाञ्चलका आकाशबाबु श्रेष्ठलाई हराउदै पहिलो स्थान हात पारे । ७५केजीमा आर्मीका लेखनाथ मैनाली शीर्ष स्थानमा रहे । फाइनलमा लेखनाथले एपीएफकासन्तबहादुर राईलाई हराए । पुरुष टिम कातामा राष्ट्रिय टिम पहिलोभयो भने आर्मी दोश्रो स्थानमा रह्यो । पुरुष एकल कातामा राष्ट्रिय टिमका पर्शुरामबाँस्तोला पहिलो, आर्मीका सुवास कार्की दोश्रो तथा मध्यपश्चिमाञ्चलका मोलङ घर्तीमगर र एपीएफका गोपीराम घले तेश्रो भए । नेपाल सितोरियो डो कराते संघले आयोजना गरेको प्रतियोगिताको महिलातर्फ ४५केजीमा राष्ट्रिय टिमकी मल्लिका थापा पहिलो भइन् । फाइनलमा मल्लिकाले मध्यपश्चिमाञ्चलकी अर्मीला डिसीलाई निराश पारिन् । ५० केजीमा राष्ट्रिय टिमकी अनु अधिकारीले स्वर्ण हातपारिन् ।
फाइनलमा अनुले मध्यमाञ्चलकी सुनीता महर्जनलाई हराइन् । महिलाको ५५ केजीमा राष्ट्रिय टिमकी रोजीनगरकोटी, ६१ केजीमा पश्चिमाञ्चलकी सरिता श्रेष्ठ, ६८ केजीमाथि राष्ट्रिय टिमकीगंगादेवी अधिकारी तथा ६८ केजीमुनि राष्ट्रिय टिमकी कल्पना बस्नेत पहिलो भए । महिला टिम कातामा राष्ट्रिय टिमले स्वर्ण तथा मध्यमाञ्चललेरजत जिते । एकल कातामा राष्ट्रिय टिमकी विमला तामाङले मध्यपश्चिमाञ्चलकी शान्ती लामालाईपछि पार्दै पहिलो भइन् ।
जुनियरमा महिलाको २५ केजीमा निकिता, पुरुषको ३०केजीमा रोहित तथा महिलाको एकल कातामा विद्या धारेले भारतलाई स्वर्ण दिलाए ।
साभार ओंनलाइन खबर