|

कैलाली र कञ्चनपुरमा जेठ १४ सम्म बन्द हुने


टीकापुर, वैशाख ३१ - अखण्ड सूदुरपश्चिमको माग राखेर विगत १७ दिनदेखिको बन्द यथावत रहेकै बेला कैलाली र कञ्चनपुरका थारुवानका पक्षधरले पनि बन्दको आह्वान गरेको छ । आइतवार उनीहरुले जेठ १४ सम्म नै बन्दसहित बिभिन्न कार्यक्रम घोषणा गरेका हुन् । 
कैलाली र कञ्चनपुरका १६ वटा दलका प्रतिनिधि र जातीय संगठनहरुको संयुक्त मोर्चाले आन्दोलनको थप कार्यक्रम घोषणा गरेको हो । माओवादी, एमाले र कांग्रेसका केही समुह र मधेशी मोर्चा सहित आदिवासी संगठनहरुले सोमबारदेखि जेठ १४ गतेसम्मका लागि बन्द घोषणा गरेको हो । 
उनीहरुले आइतवार साँझ धनगढीमा पत्रकार सम्मेलन आयोजना गरी जेठ १ देखि ५ गतेसम्म जनप्रर्दशन तथा परिचालन सहित तराई बन्द गर्ने र जेठ १४ गतेसम्म विभिन्न ठाउँमा जनसभा र जन प्रदर्शन गर्ने संघर्षका कार्यक्रम घोषणा गरेका हुन् । 
यहाँका १६ दल र आदिवासी संगठनहरुको मोर्चाले कैलाली कञ्चनपुर सहितको थारुवान/थरुहट राज्य हुनुपर्ने माग गरेर उक्त संघर्षको कार्यक्रम आयोजना गरेको हो । १६ वटा दल, आदिवासीका ५ वटा संघर्ष समिति र माओवादीले पत्रकार सम्मेलनमा तीन वटा छुट्टछुट्टै विज्ञप्ति वितरण गरेर आफूहरुले जातीय राज्य नमागेर जातीय पहिचानको राज्य मागेको समेत जनाएका छन् ।
पत्रकार सम्मेलनमा माओवादीका केन्द्रीय सदस्य ओमप्रकाश पुनले संघीयतावादी दलहरुको मोर्चा र संघीयता मागिरहेका आदिवासीहरुलाई एकठाउँमा ल्याएर आन्दोलन गरिरहेको बताए । 
यसअघि, उक्त मोर्चाले बैशाख २९ गतेसम्मको संघर्षको कार्यक्रम घोषणा गरेको थियो । २९ गतेको बृहत जनप्रदर्शन तथा जनसभामा आउने कार्यकर्तालाई आक्रमण भएको र थप नेता कार्यकर्तासमेत खतरामा रहेकाले आफूहरुले गम्भीर भएर सशक्त आन्दोलन घोषणा गर्नु परेको पुनले बताए ।
यसैबीच, १६ दल र आदिवासीहरुको मोर्चाले आइतवार नै घोषित कार्यक्रम अनुसार धनगढी, टीकापुर, बौनियालगायतका ठाउँमा मसाल जुलुश प्रदर्शन गरेका छन् । 
समाचार कांतिपुर बाट

Posted by Butwalonline on 6:16 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कैलाली र कञ्चनपुरमा जेठ १४ सम्म बन्द हुने"

Leave a reply