बाँकेमा शान्ति र सद्भावका लागि बृहत साईकल र्याली
हेमराज भट्ट,नेपालगन्ज,जेष्ठ ९- देशमा बढ्दै गएको बन्द हड्ताल तथा खल्बलीदै गएको सामाजिक सद्भाव कायम होस् र सुन्दर शान्त नेपालको स्थापना होस भन्ने उद्ध्श्यले जिल्ला युवा क्लब सञ्जाल बाँके ले नेपालगन्जमा शान्ति र सद्भावका लागि बृहत साईकल र्यालीको आयोजना गरेको थियो ।
नेपालगन्जको बि.पि.चौक देखि शुरु भएको र्याली धम्बोझी चोक सेतु बि.क. चौक, त्रिभुवन चौक हुदै जिलला प्रशासन कार्यालय अगाडी गएर कोण सभामा परिणत भएको थियो । र्यालीमा शान्तिका गितहरु बजाईएका थिए भने शान्तिका लागि सबै एकजुट हुन आब्हान गरिएको थियो । र्यालीमा प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ता सहित १०० बढि सईकल सहितको सहभागीता रहेको थियो ।
![]() |
| कार्यक्तममा बोल्दै बाकेका सहायक प्रमुख जिल्ला अधिकारी | तस्बीर :हेमराज भट्ट /नेपालगंज /बुटवल ऑनलाइन |
![]() |
| र्यालीको समापनमा भएको कोणसभामा बोल्दै प्रेस स्वतन्त्रता सेनानी पन्ना लाल गुप्ता | तस्बीर :हेमराज भट्ट /नेपालगंज /बुटवल ऑनलाइन |
![]() |
| र्यालीको एक दृष्य | तस्बीर :हेमराज भट्ट /नेपालगंज /बुटवल ऑनलाइन |
![]() |
| "हामी सबै सामान हौं" प्ले कार्ड सहित र्यालीमा सहभागी एक बालक | तस्बीर :हेमराज भट्ट /नेपालगंज /बुटवल ऑनलाइन |
![]() |
| र्यालीको एक दृष्य | तस्बीर :हेमराज भट्ट /नेपालगंज /बुटवल ऑनलाइन |







Yastai kam sabaile thalne hoina ta.
Tyo tepai hami batai suruwat garnu par6?