प्रतिष्ठित रेस्टुरेन्ट केएफसी र नाङ्लो म्याद नाघेका तेल-मसला
काठमाडौं, जेठ १८- विश्वचर्चित चेन-रेस्टुरेन्ट र नेपालकै एक प्रतिष्ठित रेस्टुरेन्टले गुणस्तरहीन सामान प्रयोग गरिरहेको भेटिएको छ। वाणिज्य विभाग नेतृत्वको टोलीले बुधबार अनुगमन गर्दा विश्वचर्चित केन्टकी फ्राइड चिकेन (केएफसी) र नेपालकै नाम चलेको नाङ्लो बेकरीका दरबारमार्ग शाखाले उपभोग्य मिति सकिएका तेल र मसला प्रयोग गरेका हुन्।
नेपाली कुखुराको मासुलाई गुणस्तरहीन भन्दै आयातीत मासु प्रयोग गर्दै आएको केएफसीले नै मिति गुज्रेको तेल प्रयोग गरेको विभागले जनाएको छ। विभागका निरीक्षण अधिकृत विष्णुप्रसाद रेग्मीका अनुसार केएफसीको भान्छामा एक महिनाअघि नै उपभोग्य मिति सकिएको तेल प्रयोग भइरहेको थियो।
मलेसियाबाट आयातीत तेलमा उत्पादन मिति सन् २०११ नोभेम्बर लेखिएको छ। 'छ महिनासम्म मात्र प्रयोग गर्न मिल्ने' भनी क्यानमै प्रस्ट उल्लेख भएकाले २०१२ अप्रिलयता प्रयोग गर्न मिल्दैन। म्याद गुजि्रसकेका खाद्यवस्तुको प्रयोगले स्वास्थ्यमा प्रतिकूल असर पार्नसक्छ। केएफसीको भान्छामा फेला परेको यस्तो ३० लिटर तेल नष्ट गरेको विभागले जनाएको छ।
'केएफसी सञ्चालक दिव्यानी इन्टरनेसनलका कन्ट्री म्यानेजर विष्णु रेड्डीले भने आफ्नो रेस्टुरेन्टमा प्रयोग भइरहेको तेलको मिति नगुजि्रएको दाबी गरेका छन्।
कुनै पनि खाद्यवस्तुमा उत्पादनको दिन तोकिएको छैन भने महिनाको सुरुदेखि नै हिसाब गरेर उपभोग्य मिति गणना गर्नुपर्ने व्यवस्था खाद्य ऐन २०२३ ले गरेको छ। 'उत्पादन भएको महिनादेखि नै गणना गरेर उपभोग्य मिति छुट्टयाइन्छ,' खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक जीवनप्रभा लामाले भनिन्।
नेपाली कुखुराको मासुलाई गुणस्तरहीन भन्दै आयातीत मासु प्रयोग गर्दै आएको केएफसीले नै मिति गुज्रेको तेल प्रयोग गरेको विभागले जनाएको छ। विभागका निरीक्षण अधिकृत विष्णुप्रसाद रेग्मीका अनुसार केएफसीको भान्छामा एक महिनाअघि नै उपभोग्य मिति सकिएको तेल प्रयोग भइरहेको थियो।मलेसियाबाट आयातीत तेलमा उत्पादन मिति सन् २०११ नोभेम्बर लेखिएको छ। 'छ महिनासम्म मात्र प्रयोग गर्न मिल्ने' भनी क्यानमै प्रस्ट उल्लेख भएकाले २०१२ अप्रिलयता प्रयोग गर्न मिल्दैन। म्याद गुजि्रसकेका खाद्यवस्तुको प्रयोगले स्वास्थ्यमा प्रतिकूल असर पार्नसक्छ। केएफसीको भान्छामा फेला परेको यस्तो ३० लिटर तेल नष्ट गरेको विभागले जनाएको छ।
'केएफसी सञ्चालक दिव्यानी इन्टरनेसनलका कन्ट्री म्यानेजर विष्णु रेड्डीले भने आफ्नो रेस्टुरेन्टमा प्रयोग भइरहेको तेलको मिति नगुजि्रएको दाबी गरेका छन्।
कुनै पनि खाद्यवस्तुमा उत्पादनको दिन तोकिएको छैन भने महिनाको सुरुदेखि नै हिसाब गरेर उपभोग्य मिति गणना गर्नुपर्ने व्यवस्था खाद्य ऐन २०२३ ले गरेको छ। 'उत्पादन भएको महिनादेखि नै गणना गरेर उपभोग्य मिति छुट्टयाइन्छ,' खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक जीवनप्रभा लामाले भनिन्।
विभागको टोलीले दरबारमार्गकै नाङ्लो बेकरीमा उपभोग्य म्याद सकिएका बिएमसी मसला ७ प्याकेट र टेम्पुरा मैदा ७ प्याकेट फेला पारेको छ। टोलीले उक्त मसला र मैदा दुवै नष्ट गरी तीनदिने स्पष्टीकरण सोधेको छ। नाङ्लोको भान्छा पनि सन्तोषजनक नभएको भन्दै स्पष्टीकरण मागिएको रेग्मीले जानकारी दिए।
नाङ्लोका अध्यक्ष श्यामसुन्दर कक्षपतिले कामदारको गल्तीका कारण म्याद गुज्रेको मसला र मैदा भेटिएको दाबी गरेका छन्। 'म्याद सकिएको भेटिए पनि त्यो मसला र मैदा हामीले प्रयोग गरेका थिएनौं,' कक्षपतीले भने, 'कामदारले फाल्नुपर्नेमा त्यहीँ राखेछन्, त्यसमा सुधार गर्न तयार छौं।' भान्छाको सरसफाइ सम्बन्धमा अनुगमन टोलीले दिएका निर्देशन पनि पालना गर्ने उनले बताए।
'सरकारले मापदण्ड बनाएर अनुगमन गरे हामी त्यसैअनुसार कार्यान्वयन गर्छौं,' उनले भने, 'यस्तो अनुगमन भइरहे हाम्रा कमीकमजोरी पनि थाहा हुन्छन्।'
अनुगमन टोलीमा वाणिज्य विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, जिल्ला प्रशासन कार्यालय, उपभोक्ता अधिकारकर्मी लगायत प्रतिनिधि सहभागी थिए।
टोलीको कारबाहीमा परेका यी दुवै रेस्टुरेन्ट काठमाडौंमा स्तरीय भनी चिनिन्छन्। तुलनात्मक महँगा पनि छन्। केएफसी त प्रतिष्ठित अमेरिकी ब्रान्डकै आधिकारिक नेपाली शाखा हो। अमेरिकामा यसरी म्याद गुजि्रएका तेल प्रयोग गर्नुलाई ठूलै अपराध मानिन्छ। नाङ्लो बेकरी नेपालमा रेस्टुरेन्ट संस्कृति भिœयाउनेमा पर्छ। काठमाडौं भित्र र बाहिरसमेत यसका शाखाहरू छन्।
वाणिज्यले बजार अनुगमन सिलसिलामा पछिल्लो समय प्रतिष्ठित होटल र रेस्टुरेन्टमा हात हालेको छ। यसअघि तारे होटलहरूमा अनुगमन गर्दा त्यहाँको भान्सासमेत फोहोर भेटिएको थियो।
जेठ १ को सरकारी अनुगमनमा राजधानीको पाँचतारे होटल एभरेस्टको भान्सा फोहोर पाइएको थियो। होटल द्वारिकाजमा पनि लेबल नभएका मसला प्रयोग भइरहेको भेटिएको थियो। यी होटललाई पनि अनुगमन टोलीले तीनदिने स्पष्टीकरण सोधेको थियो। त्यस्तै, दरबारमार्गको होटल डेला अन्नपूर्ण र याक एन्ड यतीलाई पनि यस्तै निर्देशन दिइएको थियो।
समाचार नागरिक न्यूज बाट
