|

आगलागी पीड़ित परिवारलाई जागरण यूथ क्लब बुटवलद्वारा राहत संकलन

बुटवल जेष्ठ १८ -सिराहाको औराहा गाविसमा भएको आगलागी पीड़ितहरुका परिवारलाई बुटवल नगरपालिकाको जागरण यूथ क्लब ले राहत स्वरुप नगद तथा खाद्यान्न संकलन गरेको छ |बुटवल को कलिकानगर तथा देबिनगर क्षेत्र बात नगद १५ हजार रुपैया ,एक ट्रक लत्ता कपड़ा ,५०० केजी चामल ,५० केजी आटा,नून तेल लगायेतका खाद्यान्नहरु संकलन गरिएको क्लबका गौतम रिजालले बताउनु भयो | क्लबका अध्यक्ष शिब प्रसाद सुबेदी सहितको टोलीले सो राहत संकलन गरेको हो |सामाजिक क्षेत्रमा क्रियाशील रहदै आएको क्लबले मानवीय सम्बेदानाको हैसियतले सो कार्य गरियको रिजालले बताउनु भयो|उक्त राहत संकलन अभियानमा लुम्बिनी एकता क्लबले पनि सहयोग पुराएको थियो |

Posted by Butwalonline on 11:47 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "आगलागी पीड़ित परिवारलाई जागरण यूथ क्लब बुटवलद्वारा राहत संकलन"

Leave a reply