|

लोडसेडिङ अब सातामा ४८ घण्टामात्रै

काठमाण्डौ जेठ १८-नेपाल विद्युत प्राधिकरणले फेरी लोडसेडिङ दैनिक एक घण्टाका दरले घटाएको छ । शुक्रवारवाट लागु हुने गरी दैनिक एक घण्टाका दरले लोडसेडिङ घटाइएको प्राधिकरणले जनाएको छ । सातामा ५६ घण्टा हुँदै आएको लोडसेडिङ अब सातामा ४८ घण्टामात्रै हुनेछ ।
नदीमा पानीको वहाव वढेको र विद्युत चुहावटमा केही कमी आएकाले लोडसेडिङ घटाएको प्राधिकरणले जनाएको छ । नयाँ लोडसेडिङ कार्यतालिका अनुसार अबदेखि सातामा दुई दिन ८ घण्टा, एक दिन साढे ७ घण्टा, एक दिन ७ घण्टा, एक दिन साढे ६ घण्टा, एक दिन ६ घण्टा र एक दिन पाँच घण्टा लोडसेडिङ हुनेछ ।तर बढी चुहावट हुने फिडरमा भने थप लोडसेडिङ गरिने विद्युत प्राधिकरणले जनाएको छ ।
समाचार ऑनलाइन खबर बाट 

Posted by Butwalonline on 4:52 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "लोडसेडिङ अब सातामा ४८ घण्टामात्रै"

Leave a reply