|

बस सुनकोशी नदीमा खस्दा चार जनाको मृत्यु

सिन्धुपाल्चोक, जेठ १८ - काठमाडौंबाट तातोपानी जाँदै गरेको बा २ ख ३३४७ नम्बरको बस सुनकोशी नदीमा खसेको छ। घटनास्थलमा दुई महिलाको उपचार गर्न लैजाँ एक बच्चा र अस्पतालमा एकको गरी चार जनाको निधन भएको छ। २६ जनाको अहिले उपचार भइरहेको छ। अरनिको राजमार्ग अन्तर्गत बलेफी नजिकै कोठीमा दुर्घटना भएको हो।  दुर्घटनास्थल काठमाडौंबाट करिब ७५ किलोमिटर पूर्वमा पर्छ। नदीमा बस घोप्टो अवस्थामा टायरमात्र देखिने गरी पल्टिएको छ। बसमा थप शव फेला पर्न सक्ने प्रहरी अनुमान छ।मर्नेहरुमा राम्चे २ की माइली तामाङ, फुल्टिङ डाँडाका जयनन्द लामा र टिकाराम नेपाल रहेका छन्।
समाचार नागरिक न्यूज बाट 

Posted by Butwalonline on 4:58 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बस सुनकोशी नदीमा खस्दा चार जनाको मृत्यु"

Leave a reply