जिल्ला युवा क्लब संजाल बाँकेको प्रथम बार्षिकोत्सब सम्पन्न
हेमराज भट्ट,नेपालगञ्ज,वैशाख २५- बाँकेजिल्लामा छरिएर रहेका युवा क्लब तथा युवा सस्थाहरुको छाता संगठन जिल्ला युवा क्लब संजाल बाँके को प्रथम बार्षिकोत्सब आज सम्पन्न भएको छ ।
नेपालगन्जमा सम्पन्न कार्यक्रममा बाँके जिललाका सबै गाविस मा कार्यरत युवा क्लब तथा युवा सस्थाहरुका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । कार्यक्रममा सञ्जालले आफ्नो एक बर्षको अवधिमा गरेका कार्यहरु आगामिदिनमा के कसरी अगाडी बढ्ने भनने बिषयमा छलफल गरिएको थियो । नेपालगन्जको होटेल तन्दुरीमा सम्पन्न कार्यक्रमा सहभागी युवाहरुले सञ्जालले सिमित श्रोत तथा साधनका बाबजुत पनि युवाहरुका लागि धेरै काम गरेकोमा खुसि व्यक्र गरेका थिए । सञ्जालले आफ्नो स्थापना कालदेखि नै जिल्लाका सबै युवाहरु साग सम्पर्क तथा सहयोग गर्दै आएको, बाँकेको राप्ती पारि जस्तो विकट ठाऊँमा समेत गएर भेला गर्न सफल भएको तथा युवाहरुलाई लक्षीत गरि विभिन्न खेलहरु आयोजना गरेको जस्ता उल्लेखनिय कार्यक्रमहरु गर्न सफल भएकोमा आगामी दिनमा यो भनदा पनि अझ सशक्त रुपमा काम गर्न शुभकामना दिएका थिए ।
सञ्जालका महासचिब हेमराज भट्टले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य सञ्जालकी कोषाध्यक्ष सपना अधिकारिले गरेकि थिईन भने कार्यक्रमको उद्धेश्यमाथि प्रकास उपाध्यक्ष गगन थापाले गरेका थिए । सञ्जालका अधयक्ष आषिस बर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्जालले एक बर्षे अवधिमा गरेका महत्वपूर्ण कार्यत्रहरु सहितको बार्षिक प्रगति प्रतिबेदन महासचिब हेमराज भट्टले प्रश्तुत गरेका थिए । सहभागीबाट उठेका बिषयलाई सम्बोधन गर्दै र जन्म दिनको शुभकामना सहितको केक काटेर कार्यक्रमको समापन अध्यक्ष आशिष बर्माले गरेका थिए ।
