बासद्वारा जनगुनासो निबारक समुदायिक शिक्षा कार्यक्रम सम्पन्न
हेमराज भट्ट,नेपालगञ्ज,वैशाख २५- बिश्व बैंकको सहयोगमा संचालित नेपालमा जवाफदेहिता कार्यक्रम (एच्ब्ल्) र अन्तराष्ट्रिय अध्ययन केन्द्र (सेसी) को सहयोगमा बासले नेपालगञ्ज नगरपालिकामा जनगुनासो निबारक संयञ्त्र कार्य सिकाई परियोजना (पि.जि.आर.एस.) अन्तरगत समुदायिक शिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।
नेपालगन्ज नगरपालीकाको वडा नं. १६ मा सम्पन्न गरेको सो कार्यक्रममा ठुलो सख्यामा वडा बासिहरुको सहभागीता रहेको थियो । कार्यक्रममा नेपालगन्ज नगरपालीकामा गुनासो गर्दा र वडा मा भएका समस्याहरुलाई नगरपालीका सम्म पुर्याउन के गर्ने र कुन प्रकृयाबाट अगाडी बढ्ने भन्ने बिषयमा बासका अध्यक्ष राजु लामिछानेले जानकारि प्रदान गराएका थिए । कार्यक्रममा वडा बासिहरुले वडामा भएका समस्याहरु प्रशतुत गरेका थिए । जस माथि कार्यक्रमा व्यापक छलफल समते भएको थियो । वडा नं. १६ को आाप बगियामा सम्पन्न कार्यक्रमको सञ्चालन बासका प्रबक्ता हेमराज भट्टले गरेका थिए ।
बासले सञ्चालन गरेको कार्यक्रम निकै उपलब्धी पूर्ण रहने भन्दै उनीहरुले यस्ता कार्यक्रमहरु आएमा पक्कै पनि नगरको विकास हुने विश्वास व्यक्त गरेका थिए । सञ्चालीत कार्यक्रम र जनगुनासो निबारण संयन्त्रका बारेमा जानकारि बासका अध्यक्ष राजु लामिछानेले गरेका थिए । यस परियोजना अन्र्तगत बासले ६ महिने अबधिमा स्वयंसेबकहरुलाई अभिमुखिकरण, नगरपालिकाका कर्मचारीहरुलाई अभिमुखिकरण, १७ वटै वडामा नागरिक शिक्षा, रेडियो कार्यक्रम, बुलेटिन प्रकाशन, सरोकारवालासंग बैठक आयोजना गर्नेछ भने जनगुनासो निबारक संयञ्त्र लागु गर्नुका साथै हरेक महिना सो संयत्रबाट भएका प्रगतिहरुको अनुगमन गरि पत्रकार सम्मेलनको आयोजना गर्नेछ ।
Posted by Butwalonline
on 8:58 PM. Filed under
Local News,
News
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response