|

सुरक्षाबल सदरमुकाममा सीमाना सुरक्षाविहीन

चितवन, वैशाख २६- झण्डै दुई वर्षअघि सीमा सुरक्षाबल चितवनमा स्थापना भए पनि यहाँका सिमानाहरु भने सुरक्षाविहीन र खुला रहेकाले सुरक्षा चुनौती बढ्दै गएको छ। चितवनको माडी छुने तथा सोमेश्वर पर्वत क्षेत्रका सीमाना सुरक्षाबल स्थापना भएको दुई वर्षसम्म पनि ह्‍वाङ्गै रहेको हो। 


नेपाली भूभागमा सिमानाका पिल्लर त छन् तर त्यसको रक्षागर्ने कोही छैन्। यत्रो वर्ष सुरक्षाविहीन रहेको सिमानाको कति जमिन मिचियो त्यसको लेखाजोखा पनि कतैबाट हुनसकेको छैन्।
नवलपरासीको त्रिवेणी बेल्ट हुँदै दक्षिणतर्फ पर्ने यी नाकाहरुमा सुरक्षा नहुँदा चितवन राष्ट्रिय निकुञ्ज तथा आसपासका क्षेत्रमा आपराधिक गतिविधि बढ्दो छ। सीमासुरक्षा र प्रहरीचौकी समेत रहेको त्रिवेणीमा केहीदिन अघि समसाँझै पुजारीको हत्या समेत घटना भए। रामजानकी मन्दिरमा पुजारी बलदेवदास र उनकी श्रीमती जानकी दासलाई विषालुपदार्थ खुवाएर लुटेराहरुले मन्दिरको दुईबहुमूल्य मुर्ती चोरी गरि लगे। 'यहाँ दुबै तर्फ सुरक्षा हुँदा त बालबालिका बेचविखनदेखि अवैध कामधन्दा गर्नेहरुमा कमी आएको छैन नवलपरासी त्रिवेणी प्रहरी चौकी प्रमुख विरेन्द्र प्रसाद चौधरीले भने खुला सिमानामा के के हुन्छ अनुमान लगाउनै गाह्रो छ।'
सीमा सुरक्षा नभएको माडी क्षेत्रका भुभागबाट वन्यजन्तुको अवैध कारोबार गर्ने तथा अन्य आपराधिक घटना घटाउने समुहको खुलेआम आवतजावत हुने गरेको स्थानियहरु बताउँछन्। माडीकै सिमानामा रहेको बालमिकी आश्रमदेखि पारी भारतिय सिमानाको बिहार क्षेत्रको बालमिकी नगरमा पर्ने बालमिकी टाइगर रिसोर्ट छ। केही दिनअघि सो रिसोर्टका एक कर्मचारीलाई आपराधिक व्यक्तिहरुले हत्या गरे। अर्का एक कर्मचारी घाइते भए। घटना घटाउने व्यक्तिहरु नेपालको सिमानाभित्र प्रवेश गरि लुकीरहेको हुनसक्ने चितवन निकुञ्ज स्रोतको भनाई छ।
वालमिकी क्षेत्रको सुरक्षाका लागि सिमास्थित नेपाली प्रहरी चौकीमा हवल्दार सुजन थापाको कमाण्डमा चारजना प्रहरी आश्रम सुरक्षार्थ खटिएको छ। 'सबै भक्तजनकै रुपमा आउछन् उनले भने को कस्तो पुरै चेकजाँच गर्न हामीसँग ठूलो सुरक्षाफोर्स पनि छैन् अप्ठेरो छ।'
को कस्ता मान्छे हो चिनिन्नन यतैबाट सदरमुकाम पस्छन्,माडीका एक स्थानियले थपे।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत झमकबहादुर कार्की पनि सिमा सुरक्षामा नेपाली पोष्ट नहुदा चुनौती थपिदै गएको स्विकारछन्। 'माडीक्षेत्रमा निकुञ्जका सुरक्षाकर्मीको पोष्ट त तर उतापटि्ट हेर्नेगरि कुनै सुरक्षा निकाय छैन्, उनले भने जसका कारण दुबैतर्फ अपराध गरेर निकुञ्जमा लुक्नेहरु धेरै भेटिन्छन्।'
चितवनको दक्षिणी भेग निकुन्जको सिमानामा पर्ने भएकाले पनि वनतथा वन्यजन्तु चोरीशिकारीमा आपराधिक व्यक्तिहरु सजिलै घुसपैठ हुनसक्ने कार्की बताउँछन्।
'संरक्षणमा अप्ठेरो परेको छ कार्की भन्छन् उतापटि्टसँगको समन्वय खट्किएको छ,
चितवनपटि्ट सुरक्षा नभएकाले नवलपरासीपटि्टबाटै समन्वय गर्नुपर्ने वाध्यता छ,।' जसका लागि चितवनमा जस्तै वाईल्ड लाईफ क्राईम कन्ट्रोल ब्यरो आईतबार मात्र नवलपरासीमा गठन गरी काम थालिएको कार्कीले जानकारी दिए।
उता घटना घटाएर भाग्दा यता समातिएका मानिस भारतलाई दिएर समन्वय गर्ने प्रयास भैरहेको उनले बताए। 'चितवन सिमामा सुरक्षा नहुँदा भारतिय पक्षलाई पनि अप्ठेरै रहेको कुराकानीका क्रममा थाहा पाएको छु उनी भन्छन् जुन हत्या वालमिकी टाईगर रिसोर्टमा भयो भनने सुनेको छु त्यसको लिंक नेपालमा रहेको आशंका उनीहरुलाई रहेपनि छानविन गर्नका लागि सिमा सुरक्षा पोष्ट नभएकाले अप्ठेरो परेको छ।'
चुरेपहाडसँग जोडिएको सोमेश्वर पहाड निकै लामो छ। सिमाना त्यसमाथी पहाड अनि सुरक्षा विहीन अवस्था। जसका कारण नेपाली भुभागका वस्ती ,वन, वन्यजन्तु सबै सुरक्षा चुनौतीमै छन्। भारत र नेपालका सिमामा रहि आपराधिक गतिविधी गर्ने सातवटा जति समुह सक्रिय रहेको अनुमान गरिएपनि समन्वयका कारण दुबैतर्फले यस विषयमा जाँच पड्ताल गर्न सकेका छैनन्। सरकारी तहबाट सुरक्षा नभएपछि स्थानिय र उपलब्ध सुरक्षा निकायकै संजाल बनाउन चितवन निकुन्ज प्रयासरत रहेको छ। 'माथिल्लो निकायसँग र स्थानियसँग परामर्श भैरहेको छ ,कार्कीले नागरिकसँग भने समुदायसँग नमिली त्यस्ता घटना र व्यक्तिहरु नियन्त्रण गर्नै कठिनाई छ।'
स्थापना भएर चितवन सदरमुकाम भरतपुरको आँपटारी बसिरहेको सीमासुरक्षा बल पनि स्रोत साधनकै कमीले सिमानामा जान नसकेको बताउछ। शसस्त्र सीमा सुरक्षा बलका प्रमुख सुन्दर खड्का प्रहरी दरबन्दी र अन्य विषय नमिल्दा जान नसकेको बताउछन्। 'बेलाबेलामा माडी गएर हेरिन्छ तर त्यहाँ पोष्ट नै बनाएर बस्न सकेको भने छैन् उनले भने पाँचपोष्ट राख्नका लागि प्रस्ताव माथि पठाएको छु जवाफ आएको छैन्।' उनका अनुसार सोमेश्वर पहाड हेर्नसक्ने गरि माडीको बाँदरझुला र कल्याणपुर गाविसको सिमाना छरछरेमा दुई पोष्ट,बालमिकी आश्रम छेउमा तेस्रो माडीकै बघौडा ,मेघौली तथा चनौलीमा समेत शसस्त्र सिमा सुरक्षा बल राख्ने प्रस्तावमा उल्लेख छ। प्रत्येक पोष्टमा ५० जनाको प्रहरीबल तैनाथ उनले बताए। सिमाक्षेत्रमा जाननसक्दा वास्तविक अवस्था थाहा हुन नसकेको उनको भनाई छ।
समाचार नागरिक न्युज बाट (चाँदनी हमाल)

Posted by Butwalonline on 4:37 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सुरक्षाबल सदरमुकाममा सीमाना सुरक्षाविहीन"

Leave a reply