|

सुकुम्वासी वस्ती खाली गराइँदै स्थिति तनावग्रस्त


काठमाडौ, वैशाख २६ - सरकारले बागमती किनारको जग्गा कब्जा गरेर बसाईएको सुकुम्वासी वस्ती मंगलबार बल प्रयोग गरेर खाली गराउँदै छ । थापाथलीस्थित बागमती पुल नजिकै प्रसुति गृह पछाडि युएन पार्कको जग्गा खाली गराउन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । सशस्त्र र जनपथ प्रहरी तथा महानगरपालिकाका सुरक्षाकर्मी वस्ती खाली गराउन खटिएका छन् ।
त्यहाँ जग्गा अतिक्रमण गरेर २ सय भन्दा बढी छाप्रो तथा कतिपय पक्की घर नै निर्माण गरिएको छ । सरकारले पटक-पटक जग्गा खाली गर्न सार्वजनिक सूचना जारी गरेपनि त्यहाँ बसोबास गरेकाहरुले अटेर गर्दै आएका थिए । सरकारले बिहान ६ बजे चार वटा डोजर र तीन हजार जति सुरक्षाकर्मी पठाएर उक्त वस्ती खाली गराउन थालेको छ । सुरुमा सुकुम्वासीहरुले अवरोध गर्न खोजेपछि प्रहरी चार राउण्ड अश्रृ ग्यास प्रहार गरेको थियो ।
ठूलो संख्यामा रहेको सुरक्षाकर्मीका अगाडि जग्गा अतिक्रमण गरेर घर बनाएकाहरु लाचार भएर अहिले सामान सार्न थालेका छन् । प्रहरीले पनि सामान सार्न सहयोग पुर्‍याएको छ ।  त्यहाँ महानगरी प्रहरी आयुक्त कार्यालयका प्रमुख अतिरिक्त महानिरीक्षक कुवेरसिंह राना स्वंय उपस्थित भएका छन् ।
सरकारले वस्ती खाली गराउन त्यहाँ रहेको १ सय ८० परिवारलाई तीन महिनाको घर भाडा वापत प्रति परिवार एकमुष्ट १५ हजारका दरले दिने घोषणा गरेपनि उनीहरुले उक्त सुविधा लिएर वस्ती खाली गर्न मानेका थिएनन् । अधिकार सम्पन्न बागमती सभ्यता विकास समितिका अध्यक्ष महेशबहादुर वस्नेत तथा महानगरपालिकाका निरीक्षक धनपति सापकोटा समेत वस्ती खाली गराउने अभियानमा सक्रिय छन् ।
समाचार कांतिपुर दैनिक बा

Posted by Butwalonline on 5:17 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सुकुम्वासी वस्ती खाली गराइँदै स्थिति तनावग्रस्त"

Leave a reply