|

फेरिपनि ओडारमा चार बोरा गोलीगठ्ठा बरामद


धनगढी, वैशाख २६ - कैलालीको सुगुलखाल गाविस-९ भालुमारे जंगलमा आधुनिक हतियारमा प्रयोग हुने ४ बेरा गोलीगठ्ठा र म्यग्जिन फेला परेको छ । विशेष सूचनाका आधारमा सशस्त्र प्रहरीको टोलीले गोलीगठ्ठा फेला पारेको हो ।
सशस्त्र प्रहरी बल वैद्यनाथ बाहिनीका डीआईजी कमल बस्नेतका अनुसार गोलीगठ्ठा भालुमारे जंगलको ओडारमुनि चारवटा बोरामा पोको पारेर लुकाइएको थियो । 'कसले किन लुकाएर राखेको भन्ने पहिचान हुन सकेको छैन,'बस्नेतले भने ।
उनका अनुसार ५.५६ एमएम गोली १ हजार ९ सय ३७ राउन्ड, ९ एमएम गोली २८६ राउन्ड, ७.६२ एमएम गोली पाँच सय १९ राउन्ड, इन्सासको म्याग्जिन २३ वटा बरामद भएको छ ।
त्यस्तै,एसएलआरको म्याग्जिन ५७, एलएमजीको म्याग्जिन ६, एम सिक्सटिनको म्याग्जिन २७,एसएमजीको म्याग्जिन ७ र चाचर २२ वटा बरामद भएको छ । 
गोलीगठ्ठा फेला परेको स्थान पूर्वपश्चिम राजमार्ग चिसापानी खण्डबाट करिब २० किलोमिटर परको जंगलमा पर्छ । उक्त जंगलको आसपासमा कुनै वस्ती छैन । जंगलमा मान्छेको आवतजावत पनि कम छ । सशस्त्र द्वन्द्वका बेला उक्त क्षेत्रलाई माओवादी सेल्टर मानिन्थ्यो ।
खबर कांतिपुर दैनिक बाट

Posted by Butwalonline on 5:56 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "फेरिपनि ओडारमा चार बोरा गोलीगठ्ठा बरामद"

Leave a reply