वीरगन्जलाई मधेसको राजधानीको माग राख्दै नाकाबन्दीको घोषणा
वीरगञ्ज,वैशाख २९-पर्सा जिल्लास्थित विभिन्न ११ वटा राजनीतिक दलहरुको संयन्त्रले तराई मधेसको राजधानी वीरगन्जलाई बनाउन माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
कांग्रेस पर्साका सभापति सुरेन्द्रप्रसाद चौधरीको संयोजकत्वमा गठित ११ राजनीतिक दलको संयन्त्रले शुक्रबार वीरगञ्जमा पत्रकार सम्मेलनको आयोजना गरी आन्दोलनको घोषणा गरेको हो । संयोजक चौधरीले आफूहरुको मागको सुनुवाइ नभएका कारण सशक्त आन्दोलनमा उत्रिन परेको बताउनुभयो ।
संयन्त्रले आन्दोलनको पहिलो कार्यक्रमअन्तर्गत शनिबार एक दिन वीरगन्जको भन्सार नाका ठप्प पार्ने घोषणा गरेको छ । समग्र तराई वा मधेस जति प्रदेश भएपनि यसको राजधानी वीरगन्ज बनाउनु पर्ने आफूहरुको माग रहेको पनि नेताहरुले बताएका छन् ।संघीय प्रदेशको राजधानी बनाउन विगत केही दिनदेखि वीरगञ्जमा प्रर्दशन गरिएको छ । यसैक्रममा पेसागत सञ्जाल -पापडले प्रर्दशन गरेको छ । रासस
समाचार ओंलाइन खबर बाट