पाल्पामा बन्दकर्ताद्धारा तालिम केन्द्र तोडफोड
मुक्तिप्रसाद न्यौपाने,पाल्पा वैशाष २९-बन्द अवज्ञा गरेको भन्दै जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाको तालिम केन्द्रमा बन्दकर्ताले तोडफोड गरेकाछन् ।तोडफोडबाट कार्यालयको सीसा, पङ्खा, विद्युत चिम, प्रोजेक्टर लगायतका सामानमा क्षति पुगेको छ । हलमा दुईदिनअधिबाट जनसंख्या सम्बन्धि तीनदिने तालिम सञ्चालन हुदै थियो । तोडफोडबाट करिब दुईलाख बराबरको क्षति भएको बताइएको छ ।
ब्राह्मण, क्षेत्री, लगायतको संघर्ष समितिले गरेको बन्दमा सरकारी कार्यालयहरुलाई बन्द गराउँदै हिड्ने क्रममा तोडफोड भएको हो । तोडफोडमा संलग्न तीनजनालाई प्रहरीले केहि समय नियन्त्रणमा लिएर छाडेको छ । बन्दकर्ताहरु सचिन विष्ट, चिरञ्जिवी न्यौपाने र हरि गोदारलाई पक्राउ गरेको विरोधमा जिल्ला प्रहरी कार्यालय वाहिर केहि बेर तनाव समेत उत्पन्न भएको थियो ।बन्दकर्ताहरुले बिहिबारदेखनै तानसेन बजार पूर्णरुपमा बन्द गराएकाछन् । बन्दमा होटल समेत सञ्चालन हुन दिइएको छैन । तानसेनका चोकचोकमा बन्दकर्ता र प्रहरीहरुको बाक्लो उपस्थिति रहेको छ ।

Posted by Journalist Mukti
on 12:02 PM. Filed under
National News,
News
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response