बुटवलमा बिधार्थी संगठनहरुले प्रधान मंत्रीको पुत्ला दहन गरे
बुटवल जेष्ठ १८ - संबिधान सभा भंग गरी नया निर्बाचन गराउने प्रधान मंत्रीको कदम असम्बैधानिक भएको भन्दै आज बुटवलमा बिभिन्न दल निकट युबा तथा बिधार्थी संगठनहरुले प्रधान मंत्री डा. बाबुराम भट्टराईको पुत्ला दहन गरेका छन |पुस्पलाल पार्क बाट निस्केको जुलुस मिडिया चोक मा पुगेर प्रधान मंत्रीको पुत्ला दहन गरेको थियो | युबा संघ नेपाल ,नेपाल तरुण दल ,नेपाल बिधार्थी संघ ,अनेरास्वबियु अखिल नेपाल जनबादी ,अखिल छैठों लगायेतका बिधार्थी संगठनहरुले बिरोध स्वरुप पुत्ला जलाएका हुन|
सभामा बोल्दै युबा तथा बिधार्थी नेताहरूले संबिधान सभा भंग भैसकेको अबस्थामाप्रधान मंत्री पद मुक्तहुने भएकाले रास्ट्रीय सहमतिको सरकार गठन हुनुपर्ने माग राखेका थिए |सभामा युबा संघ नेपालका केंद्रीय सदस्य राजू गुरुंग , नेपालका तरुण दलका पूर्ब केन्द्रीय सदस्य खेमराज पाण्डे ,नेपाल बिधार्थी संघका उप सभापति मिलन थापा मगर लगायेतका बिधार्थी नेताहरूले संबोधन गर्नु भएको थियो |