सामाजीक सदभावका लागी भोली सञ्जालको साईकल र्याली
हेमराज भट्ट,नेपालगन्ज,जेठ ७- पहिचान सहितको संघीयताको मागगर्दै आदिवासी जनजाति संयुक्त सङ्घर्ष समिति लगायत बिभिन्न जातीय सङ्गठनहरुले आह्वान गरेको बन्दका कारण बााके लगायत देशभरको जनजीवन विहानै देखि प्रभावित भएको छ । पहिचानसहितको सङ्घीयता, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, र समावेशी प्रतिनिधित्व तथा आत्मनिर्णयको अधिकार, प्र लगाएतको मागगर्दै सङ्घर्ष समितिले आजदेखि ९ गतेसम्म बन्दको आह्वान गरेका हुन् । यसैबिच जातिय पहिचान विना ३ दल बीच भएको ११ प्रदेशको सहमति र व्रहमाण, क्षेत्री र दशनामीलाई आदिवासी जनजातिलाई सूचीकरण गर्ने निर्णयको विरोधमा नेपाल आदिवासी जनजाति संयुक्त संघर्ष समितिले आज देखि ३ दिने नेपाल बन्दको घोषणा गरको छ । आज भोली र पर्सि विहान ५ बजेदेखि साँझा ५ बजेसम्म तिन दिने नेपाल बन्दको घोषणा गरेको नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समनव्य समिति बााकेका, कार्यबहाक अध्यक्ष मंगल चौधरीले बताउनुभयो । यसैगरि जिल्ला युवा सञ्जाल बााकेले भोली बिहान नेपालगन्जमा साईकल र्याली निकालने भएको छ । जेष्ठ १४ नजीकिदै गर्दा दिनहुाजसो बन्द हडताल भन्दै सामाजीक सदभावका लागी र्याली निकालीन लागेको जिल्ला युवा सञ्जाल बााकेले जनाएको छ । सो र्यालीमा बााकेका १०० जना साईकल सहितका व्यक्तिहरुको सहभागीता हुने सञ्जालले बताएको छ । र्यालीमा शान्ति सम्बन्धि गितहरु बजाईनेछन् भने बोल्नेहरुले भाषण नभएर शान्तिको कामना सहितका शब्दहरु मात्र मन्तव्यमा भन्न पाउने बताईएको छ ।
नेपालगन्ज/घरबाट भागेर जोखिमपुर्ण कामका लागि भारत तर्फ जादै गरेका ७ स्कुलले बालकलाई बाााकेको सिमाबाट उद्धार गरिएको छ । लगातारको बन्द हड्तालले विद्यालय नखुलेपछि सुर्खेत र दाङका स्कुलले बालक जोखिमपुर्ण कामका लागि भारत तर्फ जाादै गरेको अवस्थामा माइती नेपालले संस्थाले उद्धार गरेको हो । स्कुलले पोसाकमै रहेका उनीहरुको उद्धारपछि केहीलाई अविभावकको जिम्मा लगाएर घर पठाइर् सकिएको र केहिलाई पठाउने तैयारी भैरहेको माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोईरालाले जानकारी दिनुभयो ४ जना १२ वर्षका र ३ जना १४ वर्षका बालकहरु रहेको र उनीहरु कक्षा ५ देखि कक्षा ९ सम्मका विद्यार्थीहरु रहेको माइती नेपालले जनाएको छ ।