|

बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

पोखरा, जेष्ठ १६ - विपरीत दिशाबाट आएको बसले ठक्कर दिँदा मंगलबार पोखराको याम्दीमा एक मोटरसाइकल चालकको मृत्यु भएको छ । फेदीबाट पोखरातर्फ आइरहेको ना३ख ५३०९ नम्बरको बसको ठक्करबाट ग६प ६८९९ नम्बरको मोटरसाइकल चालक पर्वत हुवास गाविस वडा नम्बर ९ का ४० वर्षीय लीलाराज भूर्तेलको मृत्यु भएको हो । उनको उपचारका क्रममा क्षेत्रीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा मोटरसाइकलको पछाडि रहेका तेजराम भूर्तेल घाइते भएका र अहिले पोखराको न्यूरोडस्थित मोडेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
समाचार कांतिपुर बाट 

Posted by Butwalonline on 9:32 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु"

Leave a reply