|

यूएईमा वंगालीद्धारा नेपालीहरु कुटिए

खेमनाथ पौडेल,यूएई । यूईको पश्चिमक्षेत्र हफ्सनमा रहेको हुण्डाई इञ्जिनियरिङ्ग कस्ट्रक्सन कम्पनीमा कार्यरत करिव ३ सय नेपालीलाई वंगालीहरुले कुटपिट गरेका छन् । सोही कम्पनीमा कार्यरत बंगालीहरुले मे १२ शनिवार रातीको समय पारी नेपालीहरुलाई कुटपिट गरेको समाचार प्राप्त भएको छ । ए एम्बी हटेल स्काफोल्डिङ्गबाट सप्लायरमा उक्त हुण्डाई कम्पनीमा काम गर्न गएका प्रत्यक्षदर्शी लमजुङ्गका नरदेब गुरुङ्गका अनुसार राती करिव ९ बजे खाना खाएर सबै नेपालीहरु टिभी, हेरीरहेका थिए, एक्कासी बाहिर हो हल्ला भयो, वंगालीहरु दुई तिनसयको हाराहारीमा हातमा रड, ढुङ्गा लिएर नेपालीहरु भएको कोठाहरुमा पस्दै कुटपिट गर्न थाले ।
नेपालीहरु कुटिएको थाहा पाएर करिव २५, ३० जना नेपालीहरुले उनिहरुलाई तिरवितर पारे तर ७५ प्रतिशत वंगालीहरु कार्यरत भएको उक्त कम्पनीमा सबै वंगालीहरु एक भएर आउँदा नेपालीहरुको केहि सिप नलागेको बताए । केही समय नेपाली श्रमिक र वंगाली श्रमिकवीच झडप भएको र राताको १२ बजे तिर अबुधावी पुलीस, तथा आर्मीको नाईटभिजन हेलिकप्टर आई नेपालीहरुलाई उद्धार गरेको उनले वताए ।
अहिले उक्त क्याम्पमा ४ जना नेपाली बाहेक अन्य सबै नेपाली अन्यत्र अस्थाईरुपमा अल जाफर मदिना जायदमा सुरक्षित राखिएको वताए । ए एम्बी हटेल स्काफोल्डिङ्गबाट करिव ५० जना नेपालीहरु उक्त कम्पनीमा सप्लायरकोरुपमा रहेका सबै सुरक्षित रहेको र अहिले कम्पनीले नेपालीहरुलाई सुरक्षित क्षेत्रमा मात्र काममा खटाईने गुरुङ्गले जानकारी गराए । हुण्डाई कम्पनी र ए एम्बी कम्पनीले पनि नेपालीहरुको सुरक्षाकोलागि पहल गरेको वताए । करिव १० जना नेपालीहरु घाईते भएका र २ दुई जना गम्भीर रहेको उनले भने । अस्पतालमा रहेका घाईते मध्ये २ जनाको हताहत भएको भन्ने अपुष्ट खवर पनि सुनेको तर एकिन भने थाहा नभएको गुरुङ्गले जानकारी दिए ।
अहिले उक्त हुण्डाई कम्पनीको क्याममा ४ जना नेपालीहरु मात्र रहेको चार जना मध्येका वासुदेव सापकोटाले वताए । उक्त दिन बेलुका ६ बजे नाईट डिउटीमा गएको र विहान ८ बजे क्याममा र्फकदा जताततै रगतका टाटाहरु देखिएको साथै नेपालीहरु कोही पनि नभएको सापकोटाले जानकारी दिए । घटनाको एकिन विवरण थाहा नभएपनि शुक्रवार बेलुका १ जना वंगालीको मृत्यु नेपालीकै कारणले भएको भन्ने आशंकामा वंगालीहरुले आक्रमण गरेको बताए ।
असुरक्षाको कारण आफु क्याममा बस्न नसक्ने भनि कम्पनीमा उजुरी पनि दिएको तर कम्पनीले अफिस स्टाफ हो केही हुँदैन भन्ने आश्वासन दिएको उनले वताए । नजिकै रहेको ग्यास्को भन्ने कम्पनीमा रहेका नेपालीहरुले भने नेपालीहरुलाई केही नभएको र नआत्तिकन बस्ने भनेको वताए तर करिव १०-१५ जना नेपालीहरु अस्पतालमा भर्ना भएको मध्ये २-३ जनाको अवस्था चिन्ताजनक रहेको र के कति हताहत भए भन्ने खवर जानकारीमा नआएको बताए ।
प्रवासी नेपाली संघ यूर्एईका केन्दि्रय सदस्य लिला उप्रेतीले भने उक्त आक्रमणमा करिव २, ३ जना नेपालीको हताहत भएको र १५ भन्दा बढी गम्भिर घाईते भएको जानकारी गराए । उनले भने-उक्त आक्रमणलाई रोक्न यूएईको प्रशासनलाई सयौको संख्यामा प्रहरी खटाउनु परेको र नेपालीहरुको उद्धारकोलागि नाईट भिजन हेलिकप्टर प्रयोग गर्नु परेको थियो । अपुष्ट जानकारी अनुसार अझै बढी नेपालीहरु हताहत हुन सक्ने र घाईतेहरुको अवस्था पनि गम्भीर भएको र घटना स्थलबाट आबुधावी प्रहरीले नेपालीहरुलाई शुरक्षा दिईरहेको हुनाले अथार्थ जानकारी नआएको उप्रेतीले बताए ।
नेपाली दूतावास यूएईका प्रथम सचिव लोकबहादुर क्षेत्रीले हिजो राती अबेर मात्र दूतावासमा उक्त घटनाको जानकारी आएको हुनाले सत्य तथ्य पत्ता लाग्न केही समय लागेको बताए । आधिकारीक रुपमा यहाँको प्रशासनबाट जानकारी नआए सम्म घटनाको सत्य तथ्य के हो अहिल्यै भन्न नसकिने क्षेत्रीले वताए । प्रथम सचिव क्षेत्रीले उक्त कम्पनीको क्यामको क्यामबोस सँग सम्पर्क गरी यथार्थ बुझेका थिए ।
क्यामवोसले दिएको जानकारी अनुसार नेपालीहरु कोही पनि हताहत भएका छैनन् । घटनामा संलग्न नेपाली तथा वंगालीहरुलाई यूएईको प्रशासनले नियन्त्रणमा लिई छानविन गरिरहेको छ । उक्त घटनामा ३ जना नेपाली अस्पतालमा भर्ना भएको र प्रशासनले घटनाको छानविन गरिरहेको हुनाले कम्पनीलाई पनि यथार्थ जानकारी प्राप्त नभएको जानकारी क्यामवोसले दिएको क्षेत्रीले बताए । शुक्रवार राती मृत्यु भएको वंगालीको कारण के हो छानविन नभई यसै भन्न नसकिने साथै समाचारमा जे जस्तो खवरहरु आएतापनि उक्त घटनामा कोहीपनि नेपालीहरु हताहत नभएको प्रथम सचिव लोक बहादुर क्षेत्रीले बताए ।
समाचार  ऑनलाइन खबर बाट

Posted by Butwalonline on 1:01 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "यूएईमा वंगालीद्धारा नेपालीहरु कुटिए"

Leave a reply