आदिवासी जनजातिको बन्दको दोस्रो दिनपनि जनजीवन प्रभावित
काठमाडौ, जेष्ठ ८ - आदिवासी जनजाति संयुक्त संघर्ष समितिले गरेको बन्दको दोस्रो दिन सोमबार आइतबार राजधानी लगायत मुलुकभरको जनजीवन ठप्प भएको छ । जातीय पहिचानसहितको राज्यको माग गर्दै गरिएको बन्दमा बिहानैदेखि यातायात, व्यापारिक प्रतिष्ठान, शिक्षण संस्था, उद्योग कलकारखाना र बजार पूर्णरूपमा बन्द भएका छन् । प्रदर्शनकारीले ठाउँ-ठाउँमा नारा जुलुस गरेका छन् ।
तराई क्षेत्रमा आदिवासी जनजाति संयुक्त संघर्ष समितिका साथै थारू संयुक्त संघर्ष समिति, बृहत् मधेसी मोर्चा र मुस्लिम संघर्ष गठबन्धन गरी चार थरीले बन्दको आह्वान गरेका छन् ।
समाचार कांतिपुर बाट