दुवईमा गएका छोरालाई मृत्युदण्ड दिने खबर सुनेर आमाको मृत्यु
![]() |
बमकी श्रीमती धनपति |
काठमाण्डौ
वैशाख
२५ -
श्रीमानलाई दुवईमा मृत्यु दण्डको सजाय सुनाएको खबरले मुर्छित हुन पुगिन् दार्चुला धारीका अमरबहादुर बमकी श्रीमती धनपति ।१३ बर्षको उमेरमा विवाह भएर श्रीमानसँग बसेकी धनपतिलाई विवाहको एक महिनापछि पैसा कमाउन भन्दै श्रीमान भारत गएका थिए । बाबु आमा पनि सानैमा मरेका कारण विवाह भएको र अहिले श्रीमानलाई पनि मृत्युदण्डको सजाय सुनाएपछि बाँच्ने आधार केही नभएको भन्दै श्रीमानलाई बचाउनका लागि आग्रह गर्न उनी काठमाण्डौ आएको छीन।
अमरलाई बचाउन ‘अमर बचाउ अभियान’ सचिवालयसमेत गठन भएको छ । अमरलाई मृत्युदण्ड दिने निर्णय भएको खबर सुनेर अमरकी आमाको मृत्यु भएको छ भने अमरका बुवा पनि सँधै रोईरहने गरेको र छोराको मृत्यु भयो भने आफूपनि नबाच्ने बताउँदै आउनुभएको छ ।
यसैवीच श्रीमान आउने आशमा रोएर बसिरहेकी पत्नी धनपतिले श्रीमान नआए आफु महाकाली नदीमा हामफाल्ने बताएकी छिन् । काठमाण्डौमा भएको पत्रकार सम्मेलनमा उनले भनिनि- अब पनि नफर्के महाकालीमा हाम फाल्छु ।’
समाचार ओंनलाइन खबरबाट
