मानिसको ब्लड ग्रुप पत्ता लगाउने कागजको आविष्कार
वैज्ञानिकहरुले यस्तो कागजको विकाश गरेका छन् जसले मानिसको ब्लड ग्रुप अर्थात् रक्त समूह पत्ता लगाउन सक्छ । अस्ट्रेलियाको मोनास विश्वविद्यालयका शोधकर्ताहरुले त्यस्तो सेन्सरजडित कागजको आविष्कार गरेका हुन् । यो कागजले मानिसको रक्तसमूहको परीक्षण गरी त्यसको नतिजा समेत शब्दमा आफै लेख्ने गर्छ ।
उक्त कागजी सेन्सर रगतको ए बी ओ रक्तसमूहको वर्गिकरणमा आधारित छ । जस अनुसार रगतलाई ए, बी, एबी र ओ वर्गमा बाडिन्छ । साथै रगतलाई आर एच पोजेटिभ र नेगेटिभमा पनि छुट्टाउन सकिन्छ ।
यो शोधको नेतृत्व गर्ने प्राध्यापक वेइ शेनले यस्तो कागजमार्फत रक्त परीक्षण गर्ने विधि सस्तो र छिटो रहेको दाबी गर्छन् । रसायन राखेर ब्लडग्रुप पत्ता लगाउने प्रविधिबाट विभिन्न विकाशशील देशमा गलत नतिजा समेत निस्किएको र त्यस्तो विधि सर्वसाधारणका लागि गाह्रो समेत भएकाले पछिल्लो पद्धति निकै सजिलो र त्रुटीरहित हुने उनी बताउूछन् । रक्तसमूह पत्ता लगाउने यस्तो कागजी प्रविधि विकाशशील देशका लागि तथा आकस्मिक प्रयोजननका लागि निकै उपयोगी हुने शोधकर्ताहरु बताउूछन् ।
यो यन्त्रमा कागजको सानो टुक्रामा सेन्सर जडान गरिएको हुन्छ । सेन्सरमा हाइड्रोफोबिक अर्थात पानी प्रतिरोधी कोटिङ लगाइएको हुन्छ । तर विभिन्न चार भागमा भने यस्तो लेपन गरिएको हुँदैन त्यसैले ती भागमा पानी सोसिन्छ । उक्त कोटिङयुक्त सेन्सर भएको कागजमा कुनैपनि व्यक्तिको रगत राख्दा त्यसमा भएका एन्टीबडीसूग प्रतिक्रिया गरी यदि जुन रक्त समूह हो सोही आकारको चित्र देखिन्छ । रसायनिक प्रतिक्रिया मार्फत जुन समूहको रगत हो सोही अक्षरको आकृति कागजमा लेखिने भएकाले जो कोहीले पनि उक्त रगतको समूह पत्ता लगाउन सक्छन् ।
साभार ओंनलाइन खबर
Posted by Butwalonline
on 7:46 AM. Filed under
Technology
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response