|

ब्राहमण क्षत्रिको बन्दले रुपन्देही ठप्प,साईकल र रिक्साको हावा खुस्काईदिए


विनोद परियार,बुटवल,२८ बैशाख । राष्ट्रिय अखण्डताका लागि जातिय सद्भाव सयुक्त संर्घष समितिको बन्दले रुपन्देहीमा पनि पूर्ण रुपमा प्रभाव परेको छ ।

यातायात ठप्प छ,भने उद्योग कलकारखाना बजार र शिक्षकसंस्थाहरु बन्द भएका छन् । बन्दकर्ताहरु विहानैदेखि बुटवल र भैरहवाका चोक चोकमा जम्मा भएर सवारी साधन संचालनमा रोक लगाएका छन् । बन्दकर्ताहरुले रिक्सा र साईकलको समेत हावा खुस्काईदिएका छन् ।

 बन्दमा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर राखेर सडकमा  सुरक्षाकर्मीको बाक्लो रुपमा तैनाथ गरिएको छ । जिल्लम प्रहरी कार्यालय रुपन्देहीका अुनसार विशेष गरि बुटवल र भैरहवामा सुरक्षाकर्मिहरुको उपस्थिती बाक्लो बनाईएको हो । बुटवलको राजमार्ग चौराहा,मिलनचोक,ट्राफिकचोक लगायतका क्षेत्रहरुमा बन्दकर्ताहरु बन्द सफल बनाउन भन्दै जम्मा भएका छन् ।

 संघियता जातियताका आधारमा हुनु नहुने तर उत्तर दक्षिण जोडिएको संघियताका लागि भन्दै बन्द आह्वान गरिएको  संयुक्त संघर्ष समिति रुपन्देहीका लेख बहादुर केसिले बताउनुभयो । बन्दका कारण रुपन्देही सहित लुम्बिनी अञ्चलका ६ वटै जिल्लाको जनजीवन प्रभावित भएको छ ।

 जातिय संघ संगठनलाई अन्य जातियमा नभई आदिवासीमा सुचिकृत गर्नु पर्ने, आफुहरुको हक अधिकार हरेक क्षेत्रमा स्थापित गर्नु पर्ने, तोकिएको समयमा संविधान बन्नु पर्नेलगायत माग राख्दै संर्घष समितिले आज र भोलि बन्दको आह्वान गरेको हो ।

Posted by Butwalonline on 7:12 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "ब्राहमण क्षत्रिको बन्दले रुपन्देही ठप्प,साईकल र रिक्साको हावा खुस्काईदिए"

Leave a reply