|

आज आमाको मुख हेर्ने दिन"मातातीर्थ औंसी"


काठमाडौ, वैशाख ९ - जन्मदिने आमाप्रति सम्मान र कृतज्ञता ज्ञापन गर्न नेपालीहरूले शनिबार आमाको मुख हेर्ने दिनका रूपमा मनाउने गरेका छन् । आमा खुवाउने औंसीका रूपमा मनाउने यस पर्वमा मीठामीठा परिकार भोजन गराउनुका साथै विभिन्न उपहार दिने गरिन्छ ।
राजधानीदेखि १० किलोमिटर पश्चिम-दक्षिणमा थानकोटसँगै रहेको मातातीर्थ कुण्डमा आफ्नी दिवंगत आमाको महिमा स्मरण गर्दै श्राद्ध गर्छन् । त्यहाँसम्म पुग्न नसकेकाहरूले कुनै देव वा तीर्थस्थलमा आमाका नाममा ब्राह्मण वा वज्राचार्यलाई जल, सिदा दान गर्ने परम्परा छ ।
कांतिपुर दैनिक बाट

Posted by Butwalonline on 9:46 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "आज आमाको मुख हेर्ने दिन"मातातीर्थ औंसी""

Leave a reply